कारोबार


सातदोबाटो ट्राफिक स्टेसनलाई निसान सर्भिसको सहयोग

सातदोबाटो ट्राफिक स्टेसनलाई निसान सर्भिसको सहयोग

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १३:१०, काठमाडौँ

स्थानीय प्रशासनलाई सहयोग पुर्‍याउने र समुदाय पुनःस्थापनामा योगदान पुर्‍याउने उद्देश्यले निसान सर्भिसले सातदोबाटो ट्राफिक प्रहरी कार्यालयलाई टेलिभिजन सेट हस्तान्तरण गरेको छ।

विरोधका कठिन परिस्थितिहरूबीच पनि सडकमा अनुशासन कायम राख्दै जनसुरक्षाका लागि अहोरात्र खटिएका नेपाल ट्राफिक प्रहरीको समर्पण र सेवाको कदरस्वरूप यो हस्तान्तरण कार्यक्रम आयोजना गरिएको हो।

सातदोबाटो ट्राफिक प्रहरी कार्यलयका प्रतिनिधिहरूले निसानको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए। निजी र सरकारी क्षेत्रबीचको यस्ता सहकार्यले विषम परिस्थितिमा समुदायको दृढता र आपसी साझेदारीलाई बढावा दिने उनीहरूको विश्वास छ।

यस पहलमार्फत निसान सर्भिसले सामाजिक उत्तरदायित्व, सामुदायिक साझेदारी र नेपालको विकास तथा जनकल्याणमा सकारात्मक योगदान दिने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad