एमजी मोटरको साइबर एक्स आगामी दुई वर्षभित्र कम्प्याक्ट, बक्सी, परिवारमैत्री इलेक्ट्रिक एसयुभीमा परिणत हुन तयार भएको छ।
यो एसयुभी पहिलोपटक शांघाई अटो शोमा बोल्ड कन्सेप्टको रूपमा देखाइएको थियो र यसले एङ्गुलर डिजाइन, व्यवहारिकता र बजेटमैत्री पहुँचलाई एकसाथ समेटेको कम्पनीको दाबी छ।
उत्पादन-तयारी साइबर एक्समा पाँच ढोकाको लेआउट र बक्सी डिजाइन हुनेछ। यसको स्ट्यान्स मर्सिडिज ईक्यूबीजस्ता प्रिमियम एसयूभीलाई झल्काउनेछ।
एमजीको यूके प्रोडक्ट र प्लानिङ बस, डेविड एलिसनले यसलाई “सुजुकी जिम्नीको आध्यात्मिक उत्तराधिकारी” भनी वर्णन गरेका छन्, जसले सहरी ड्राइभिङका लागि उपयुक्त आकार र हल्का अफ-रोड प्रेरित डिजाइनमा तयार भएको छ।
प्रिमियम डिजाइन
यो मोडलले कन्सेप्टको बक्सी र एङ्गुलर डिजाइन कायम राख्नेछ। कारमा पप-अप हेडलाइटहरूको सट्टा परम्परागत हेडलाइट राखिनेछ र कन्सेप्टका अतिरिक्त सुविधाहरू जस्तै प्यानोरामिक रूफलाई आकर्षक इन्टिरियरले प्रतिस्थापन गर्नेछ।
बिन आधुनिक र मिनिमल शैलीमा तयार हुनेछ, ठूलो सेन्ट्रल टचस्क्रिन, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र परिवारको लागि पर्याप्त हेडरूम र लेगरूम उपलब्ध हुनेछ।
ब्याट्री र प्रदर्शन
अधिकांश मोडलमा सिंगल-मोटर फ्रन्ट-व्हील-ड्राइभ लेआउट हुनेछ, हायर स्पेक्स् मोडलमा अल-व्हील ड्राइभ उपलब्ध हुन सक्छ। गाडीको बढेको हाइट र हल्का अफ-रोड डिजाइनले व्यवहारिकता र शैलीलाई सन्तुलनमा राख्नेछ।
बजेटमैत्री
विश्वव्यापी प्रारम्भिक मूल्य अनुमान ३० हजार पाउन्ड स्टर्लिङभन्दा कम मूल्यमा एमजीले साइबर एक्सलाई पहुँचयोग्य इभी विकल्पको रूपमा प्रस्तुत गर्न चाहेको छ। सानो एसयुभी खोजिरहेका र आधुनिक इभी प्रविधि र शहरी प्रयोगमा व्यवहारिकता चाहने ग्राहक लक्षित यो गाडी अत्यन्तै उपयोगी हुने कम्पनीको दाबी छ।

प्रतिक्रिया