नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ टाटा योद्धा १.५टी नेपाली बजारमा भव्य रूपमा सार्वजनिक गरेको छ।
काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा टाटा मोटर्सका सीभीआईबी प्रमुख असिफ शमिम को उपस्थिति थियो।
टाटा योद्धा १.५टी, कठिन भूभागमा उत्कृष्ट प्रदर्शन, उच्च भार वहन क्षमता, शक्तिशाली इन्जिन, र कम सञ्चालन खर्च सहित व्यावसायिक प्रयोजनका लागि उपयुक्त पिकअप हो।
टाटा मोटर्सको भरपर्दो प्रविधि, उच्च ग्राउन्ड क्लियरेन्स, तथा आरामदायी ड्राइभिङ्ग जस्ता विशेषताहरू ले यो गाडीलाई बजारमा छुट्टै पहिचान दिलाएको छ।
यसमा उच्चतम भार क्षमता १५०० किलोग्राम (१.५टन) छ भने शक्तिशाली ३ एल (२९५६ सीसी) को डिजल इन्जिन छ। यसले २५० एनएम टर्क जेनेरेट गर्छ। कम्पनीका अनुसार ३० प्रतिशत ग्रेडिएबिलिटी रहेको योद्धाले अप्ठ्यारा बाटा सजिल पार गर्नसक्छ।
टुह्विलर र फोरह्विलर विकल्पमा आउने यो गाडीमा अपडेटेड रग्ड लुक्स छ।

नेपालका व्यवसायीहरूको बढ्दो मागलाई ध्यानमा राख्दै टाटा योद्धा १.५टी कृषि, ढुवानी, निर्माण तथा अन्य व्यावसायिक प्रयोजनका लागि उत्कृष्ट विकल्प बन्ने कम्पनीको अपेक्षा छ।
कार्यक्रममा टाटा मोटर्सका सीभीआईबी प्रमुख असिफ शमिमले नेपालमा नयाँ योद्धा १.५ टन सार्वजनिक गर्दा खुसी लागेको बताए।
उनले यो गाडीले टाटा मोटर्सको नवीनता, टिकाउपन, र ग्राहक सन्तुष्टिको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्ने बताए।
‘योद्धा रेञ्ज सधैं भरपर्दो र विश्वसनीयताको प्रतीक बनेको छ, र नयाँ योद्धा १.५ टनले यसैको विशेषताहरूलाई पछ्याउदै उन्नत प्रविधि र आधुनिक सुविधाहरू प्रदान गर्दछ’, उनले भने, ‘हामीलाई विश्वास छ कि यो गाडीले नेपाली ग्राहकहरूको अपेक्षा पूरा गर्नेछ र उनीहरूको व्यवसायमा उन्नति र सफलता बढाउन मद्दत गर्नेछ।’
सिप्रदी ट्रेडिङ्ग प्रालिका सीईओ राजन बाबु श्रेष्ठले नेपालमा टाटा पिकअपहरूले निरन्तर बजारमा अग्रस्थान ओगट्दै आएको बताए।
‘योद्धा १.५ टी को आगमनले व्यावसायिक ग्राहकहरूलाई अझ बढी फाइदा दिनेछ’, उनले भने, ‘हामी ग्राहकहरूको व्यवसाय वृद्धि र सञ्चालन सहज बनाउन आवश्यक सबै सुविधा तथा सहयोग उपलब्ध गराउन प्रतिबद्ध छौँ।’
यस अवसरमा टाटा योद्धाका पुराना ग्राहकहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।
साथै, नयाँ ग्राहकहरूलाई औपचारिक रूपमा यस गाडीको साँचो हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया