कारोबार


सुर्खेतका अभिषेक सुनार बने नेपालकै नम्बर १ ‘टाटा गुरु’

सुर्खेतका अभिषेक सुनार बने नेपालकै नम्बर १ ‘टाटा गुरु’

नेपालखबर
फागुन ५, २०८१ सोमबार १७:३३, काठमाडौँ

सिप्रदी अटोपार्ट्स प्रालि र टाटा मोटर्सको संयुक्त आयोजनामा काठमाडौंस्थित होटेल क्राउन इम्पेरियरमा ‘सीपलाई पहिचानसँगै प्रतिभालाई सम्मान’ भन्ने नारासहित  ‘गुरुक्षेत्र–२, २०२५’कार्यक्रम सम्पन्न भएको छ।

सिप्रदी अटोपार्ट्स टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेनुईन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक हो। 

उक्त कार्यक्रम ‘गुरुक्षेत्र–२, २०२५’मा सहभागी प्रतिस्पर्धी गुरुहरुलाई पछि पार्दै सुर्खेतका टाटा गुरु अभिषेक सुनार नेपालकै नम्बर एक टाटा गुरु बन्न सफल भएका छन्। 

उक्त प्रतिस्पर्धाको लागि  देशभरबाट १०० टाटा गुरुहरु सहभागी थिए। 

सिप्रदीका अनुसार, नम्बर एक टाटा गुरु विजेता घोषित अभिषेकसँगै द्वितीय स्थान प्राप्त गर्न सफल टाटा गुरु लाल बहादुर नेगी र तृतीय स्थान हासिल गर्न सफल गुरु ब्रह्मानन्द चौधरी र सन्जय दनुवारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भई नेपाललाई विश्वसामु चिनाउने अवसर पाएका छन्। 

यसैगरी, प्रथम आठ स्थानमा पर्न सफल भएका टाटा गुरु अनिल श्रेष्ठ, अमन कुमार मानन्धर, धर्म श्रेष्ठ र भूमिरान खात्रीसमेतले टाटा मोटर्सको प्लान्टस्मा गई तालिम प्राप्त गर्ने सीप बढोत्तरीको अवसर पाएका हुन् ।

समारोहमा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै सिप्रदी अटोपार्टस्का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले देशभरका स्थानीय प्राविधिकहरुलाई टाटा मोटर्स र सिप्रदी अटोपार्टसले सम्मानित गरेको उल्लेख गर्दै गुरुहरुलाई समाजका आर्थिक, प्राविधिक सामाजिक रुपमा अगाडि बढाउन टाटा मोटर्स  सिप्रदी अटोपार्ट्सले करिब सात करोड रुपैयाँ  खर्च गरिसकेको जानकारी गराए। 

उनले वर्कशप व्यवस्थित गर्न टुल्सहरुको साथै घरायसी आवश्यकताका सामानहरु मोटरसाइकल, टेलिभिजन, वासिङ मेसिन, मोबाइल फोन लगायतका सामग्रीहरु प्रदान गरिएको बताए। 

टाटा गुरुहरुलाई प्राविधिक रुपमा दक्ष बनाउने कार्यमा सिप्रदी सदैव तयार रहेको उनको भनाइ थियो। उनले टाटा गुरुहरुलाई टाटा गाडीका डाक्टरको उपमा दिँदै डाक्टरले जहिले पनि सक्कली औषधि मात्र उपभोग गर्ने सिफारिस गरे जस्तै टाटा गुरुहरुले पनि नक्कली पार्टपुर्जा र आयलको प्रयोग गर्न नहुनेमा विशेष जोड दिए। 

कार्यक्रममा सिप्रदी ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरी, उपाध्यक्ष सौरभ राज थपलिया, महाप्रबन्धक शारदा राना तथा टाटा मोटर्सको तर्फबाट हेड सीभीआईबी कस्टमर केयर - राकेश मित्तल, क्षेत्रीय प्रबन्धक राजिव शर्मा, क्षेत्रीय पार्ट्स प्रबन्धक मयन्क मिश्रा तथा कन्ट्री प्रबन्धक मृनाल सेनलगायतको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad