ad ad

कारोबार


पारस बने दिपल ईभीका ब्रान्ड दूत, भने– धेरै फिचर र कम मूल्यले तान्यो

पारस बने दिपल ईभीका ब्रान्ड दूत, भने– धेरै फिचर र कम मूल्यले तान्यो

नेपालखबर
असोज ९, २०८१ बुधबार १२:३१, काठमाडौँ

चांगान नेपालले नेपाली क्रिकेटका परिचित व्यक्तित्व तथा पूर्वकप्तान पारस खड्कालाई दिपल ईभीको आधिकारिक ब्रान्ड एम्बेसडर घोषणा गरेको छ।

काठमाडौंको मेरियट होटेलमा आयोजित विशेष समारोहमा नेपाल क्रिकेट एसोसिएसनका सचिव समेत रहेका खड्कालाई दिपल ईभीको ब्रान्ड एम्बेसेडरमा नियुक्त गरेको हो। 

कार्यक्रममा क्रिकेटर पारस खड्काले दिपल ईभीसँग आबद्ध हुन पाउँदा हर्षित भएको बताए। 

‘यति धेरै फिचरले भरिएको ईभी यति कम मूल्यमा छ, जुन यो सेग्मेन्टमै छैन’, उनले भने, ‘इनोभेसन र टेक्नोलोजीमार्फत् ईभी बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गरेको दिपलसँग आबद्ध हुन पाउँदा खुसी छु।’

त्यसैगरी, पारसलाई दिपल एस०७ को साँचो हस्तान्तरण गर्दै एमएडब्लु वृद्धिका प्रबन्धनिर्देशक विवेक सिकारियाले आफ्नो पर्फर्मेन्स र एक्सिलेन्सप्रति प्रतिबद्ध व्यक्तित्वलाई दिपल ईभीको ब्रान्ड एम्बेसेडर बनाउन पाउँदा गर्व महसुस गरिरहेको बताए।

केही महिनाअघि सार्वजनिक भएको दिपल एस०७ आफ्नो उत्कृष्ट डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय पर्फर्मेन्सका कारण लोकप्रिय बनेको छ। नेपालमा सार्वजनिक भएयता चांगानले पाँच सयभन्दा बढी युनिट एस०७ डेलिभर गरिसकेको छ। 

यो फ्यचरिस्टिक ईभीमा जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टेलिजेन्ट ड्राइभिंग मोड लगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरले भरिएको दिपलले नेपाली ईभी बजारमा नयाँ मापदण्ड स्थापना गर्न सफल छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .