नाडा अटो सोमा बीवाईडीले ग्राहकलाई सवारीसाधनका मोडल मात्र नभई गाडी कसरी बन्छ भन्ने प्लेटफर्म समेत देखाएको छ।
नेपालमा बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नेपालमा बीवाईडीको प्रविधिबारे जानकारी दिन नाडा अटो सोमा प्लेटफर्म राखेको हो।

विद्युतीय गाडीको अगाडि भागमा के के हुन्छ, ब्लेड ब्याट्री कसरी राखिन्छ, ब्याट्रीलाई सुरक्षित बनाउने के राखिन्छ, गाडीको पछिल्लो भागमा के हुन्छ आदि कुराहरु बीवाईडीको स्टलमै गएर अनुभव गर्न सकिन्छ।

पछिल्लो वर्षमा नेपालमा सबैभन्दा बढी बीवाईडीका गाडी बिक्री भएका छन्। बीवाईडीका अट्टो ३ र डल्फिन नेपाली सडकमा थुप्रै गुड्न थालेका छन्।
साइमेक्स इंक प्रालिले नाडा अटो शोमा नयाँ प्रोडक्टको रुपमा २०२४ भर्सनको बीवाईडी अट्टो ३ सार्वजनिक गरेको छ। नेपाल भित्रिएको दुई वर्षभन्दा कम समयमै ३ हजार युनिटभन्दा बढी बीवाईडी अट्टो ३ नेपाली सडकमा गुडिरहेका छन्।
बीवाईडी अट्टो ३ को इन्फोटेनमेन्ट सिस्टमलाई समेत थप अपग्रेड गरिएको छ। पहिले १२.८ इन्च रहेकोमा अब यो १५.६ इन्च छ र यसले ड्राइभर तथा प्यासेन्जरको डिजिटल अनुभवलाई अझै रमाइलो बनाउन सहयोग पुग्छ।

बीवाईडी अट्टो ३ को २०२४ भर्सनमा थप गरिएको सबैभन्दा महत्वपूर्ण नयाँ फिचर बीवाईडी एप हो। सो अत्याधुनिक एप्लिकेसनले गाडी धनीको ड्राइभिङ अनुभवलाई सहज तरिकाले नियन्त्रण प्रदान गर्न भूमिका खेल्छ।
बीवाईडी एपमार्फत गाडीको रेन्ज र पावर लेभल चेक गर्न, टायर प्रेसर चेक गर्न र गाडीका ढोका तथा झ्याल बन्द भएको वा नभएको बारेमा थाहा पाउन सकिन्छ।
त्यसैगरी टाढैबाट गाडीको अवस्थिति पत्ता लगाउन, एसी सञ्चालन गर्न र गाडीको हर्न तथा लाइट नियन्त्रण गर्न सकिन्छ।
बीवाईडी अट्टो ३ २०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध छ। ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक भएको एड्भान्स्डको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ।
त्यसैगरी सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक छ। यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ।


प्रतिक्रिया