ad ad

कारोबार


जोयलङ र एसआरएमका ८ नयाँ ईभी मोडल सार्वजनिक, कुनको मूल्य कति?

जोयलङ र एसआरएमका ८ नयाँ ईभी मोडल सार्वजनिक, कुनको मूल्य कति?

नेपालखबर
भदौ १२, २०८१ बुधबार १४:४२, काठमाडौँ

भीजी मोटर्सले दुई चिनियाँ कमर्सियल सवारीसाधन उत्पादक जोयलङ र एसआरएमका ८ नयाँ ईभी मोडल सार्वजनिक गरेको छ। 

मंगलबार सार्वजनिक भएका नयाँ ईभीहरुमा जोयलङका ३ र एसआरएमका ५ मोडल छन्। 

यसअनुसार जोयलङका ईए४, ईए५ र ईए६ छन्। १५ सिटे ईए४ ८६ केडब्लुएच भ्यान हो भने १७ सिटे ईए५ ६० केडब्लुएच र ईए६ २० सिटे ८६ केडब्लुएच भ्यान रहेको छ। 

यिनीहरुको मूल्य क्रमशः ६४ लाख, ६० लाख र ७६ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। 

त्यसैगरी एसआरएमका ५ मोडलहरुमा २ सिटे र ५ सिटे कार्गो भ्यान पनि छन्। दुवै ४२ केडब्लुएच भ्यान हो भने मूल्य क्रमशः ३८ लाख र ४० लाख रुपैयाँ रहेको छ। 

यसबाहेक एसआरएमकै टी३ पिकअप पनि रहेको छ। ४२ केडब्लुएचको पिकअपको मूल्य ३६ लाख छ। यता ११ सिटे म्याजिक भ्यान ३२ केडब्लुएचको रहेको छ। यसको मूल्य ३५ लाख छ। रेगुलर भ्यान ११ सिटेमा आएको छ। ४२ केडब्लुएचको यो भ्यानको मूल्य ४५.५० लाख रुपैयाँ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .