ad ad

कारोबार


नेपालमा चलिरहेका होन्डाका यी मोडलमा एयरब्याग फेर्नुपर्ने, सम्पर्क राख्न कम्पनीको आग्रह

नेपालमा चलिरहेका होन्डाका यी मोडलमा एयरब्याग फेर्नुपर्ने, सम्पर्क राख्न कम्पनीको आग्रह

नेपालखबर
साउन २३, २०८१ बुधबार १६:२४, काठमाडौँ

कार कम्पनी होन्डाले नेपालमा सञ्चालित आफ्ना सयौँ कारमा एयर ब्याग परिवर्तन आवश्यक भएकाले कम्पनीमा सम्पर्क राख्न ग्राहकलाई आग्रह गरेको छ। 

कम्पनीले नेपालमा गुडिरहेका ७ सय कारमा एयरब्याग परिवर्तन गर्नलागेको हो। 

नेपालमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डाका निश्चित मोडलहरूमा एयरब्यागहरू परिवर्तन गर्न लागेको जनाएको छ। 

सन् २००१ र २०१४ को बीचमा नेपालमा बिक्री भएका सिटी, सिभिक, सीआरभी, ज्याज, इनसाइट, स्ट्रिम र एकर्ड कारहरूको टकाटा एयरब्यागहरू फिर्ता गरिने कम्पनीले जनाएको छ। 

यी मोडलहरूमा एयरब्यागहरू निःशुल्क परिवर्तन गरिने होन्डा कारका सर्भिस म्यानेजर बिनम श्रेष्ठले  बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .