ad ad

कारोबार


यही साता सार्वजनिक हुँदै अपग्रेडेड नयाँ सेरेस ३ इलेक्ट्रिक एसयूभी

यही साता सार्वजनिक हुँदै अपग्रेडेड नयाँ सेरेस ३ इलेक्ट्रिक एसयूभी

नेपालखबर
असार १०, २०८१ सोमबार १४:१२, काठमाडौँ

नेपालका लागि सेरेसको आधिकारिक बिक्रेता एमएडब्लु  वृद्धी अटोकर्पले सेरेस ३को अपग्रेडेड भर्सन यसै साता सार्वजनिक गर्ने भएको छ। 

बलियो बिल्ड क्वालिटी, एस्थेटिक्स, प्रभावशाली रेन्ज, ग्राउन्ड क्लेरेन्स र स्लिक डिजाइजनका कारण नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरेको सेरेस ३ को अपग्रेडेड भर्सन बुधबार सार्वजनिक हुन लागेको हो। 

सेरेस ३ को पहिलो भर्सन गत वर्षको नाडा अटो सोमा सार्वजनिक भएको हो जहाँ इभीप्रेमीबाट प्रशंसा बटुलेको हो। अहिले नेपाली सडकमा तीन सयभन्दा बढी सेरेस ३ गुडिरहेका छन्। 

यसको अफरोड क्षमताका कारण यो समुद्री सतहबाट चार हजार ६ सय ६० मिटर उचाईमा रहेको कोरला पस पुग्ने पहिलो इलेक्ट्रिक एसयुभी बनेको थियो। यसबाट सेरेस ३ नेपालको चुनौतीपूर्ण भूबनोटका लागि सुहाउँदो छ भन्ने पुष्टि हुन्छ।

ग्राहकको आवश्यकता र रोजाइलाई ध्यानमा राखेर नयाँ सेरेस ३ कम्फोर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। 

आफ्नो विश्व उपस्थितिलाई बलियो बनाउँदै सेरेस ३ भर्खरै बेलायत, दुबई, पाकिस्तान र फिलिपिन्समा पनि सार्वजनिक गरिएको थियो । यसबाट यो एसयुभीलाई विश्वबजारले रुचाएको र विश्वास गरिएको प्रस्ट हुने कम्पनीको दाबी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .