ad ad

कारोबार


विश्वकपमा ओमोडाले नेपालले बनाउने प्रत्येक रन र लिने विकेटबराबर बिरुवा रोप्ने

विश्वकपमा ओमोडाले नेपालले बनाउने प्रत्येक रन र लिने विकेटबराबर बिरुवा रोप्ने

नेपालखबर
जेठ २४, २०८१ बिहिबार १८:२५, काठमाडौँ

विद्युतीय गाडी (ईभी) ब्रान्ड ओमोडाले ‘आईसीसी पुरुष टि ट्वान्टी क्रिकेट विश्वकप’को अवसरमा रन बनाउँछ नेपाल, रूख हुर्काउँछ ओमोडा अभियान ल्याएको छ। 

यसअनुसार विश्वकपमा नेपाली क्रिकेट टोलीले हासिल गर्ने प्रत्येक रन वा विकेटमा ओमोडाले बिरुवा रोप्नेछ। अभियानअन्तर्गत ओमोडाले हरेक रनमा १ रूख रोप्ने संकल्प गरेको कम्पनीले बताएको छ। 

त्यसैगरी हरेक ‘चौका’मा ५ रूख रोपिनेछ भने हरेक ‘छक्का’ र हरेक ‘विकेट’मा १० रूख रोपिनेछ। यसअन्तर्गतको वृक्षारोपणका लागि ब्रान्डसँगै नेपालभर रहेका ओमोडा खरिदकर्ता तथा चालकहरूले सहभागिता जनाउनेछन् ।

एस.पी.जी. अटोमोबाइल्स प्रा.लि.का निर्देशक गौरव शारडाले दिगो भविष्यप्रति ओमोडाको प्रतिबद्धता व्यक्त गरे। 

उनले यो अभियान दिगो भविष्यप्रति हाम्रो प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम भएको बताए। आधुनिक र वातावरणमैत्री प्रविधिको प्रयोगबाट पर्यावरणको संरक्षण गर्ने प्रमुख लक्ष्यमा आधारित रहेको यो अभियानले विद्युतीय गाडीको प्रयोगले वायु प्रदूषण न्यून गर्नुका साथै जलवायु परिवर्तन विरुद्ध लड्न पनि सहयोग गर्ने बताए।

अभियानले सस्टेनेबल मोबिलिटी (दिगो गतिशीलता)लाई प्रवर्द्धन गर्दै वातावरण संरक्षणमा तथा विश्वकप क्रिकेटको अवसरमा क्रिकेट प्रेमीहरूबीचको गौरवमय एकताको थालनी गर्ने कम्पनीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .