ad ad

कारोबार


जिहोको नयाँ वर्ष अफर : ८१ सयदेखि ८१ हजारसम्म छुट पाउन सकिने

जिहोको नयाँ वर्ष अफर : ८१ सयदेखि ८१ हजारसम्म छुट पाउन सकिने

नेपालखबर
चैत १५, २०८० बिहिबार १३:१५, काठमाडौँ

सीएफमोटो र जिहो ब्राण्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘वि स्मार्ट राइड स्मार्ट’ नामक अफर ल्याएको छ। 

उक्त अफर यही चैत १५ देखि आगामी वैशाख ३१ सम्म लागू रहने कम्पनीले जनाएको छ। 

अफरअन्तर्गत कम्पनीले आफ्नो जिहो ब्राण्ड रोज्ने र खरिद गर्ने ग्राहकहरुको निम्ति अफरस्वरूप स्क्राच गरी ८ हजार १ सयदेखि ८१ हजार रुपैयाँसम्म छुट पाउन सकिने र यसका साथै ग्राहकले निःशुल्क थर्ड पार्टी इन्स्योरेन्स र निःशुल्क हेल्मेट पनि पाउन सक्नेछन्।

कम्पनीले आफ्ना एक्सचेन्जमा आउने ग्राहकहरुको सन्दर्भमा भने सिधै १५ हजार रुपैयाँ थप मूल्याकंन, निःशुल्क थर्ड पार्टी इन्स्योरेन्स र हेल्मेटको व्यवस्था गरेको छ। एक्सचेन्ज खरिदमा स्क््रयाच कार्डको अफर लागू नरहने जानकारी कम्पनीले दिएको छ।

अफरअन्तर्गत समस्त ग्राहकहरुले कम्पनीले राखेको बम्पर अफरमा भने सम्मान रुपमा सहभागिता जनाउन पाउन सक्नेछन्। जसमा १ जना भाग्यशाली विजेताले कम्पनीको तर्फबाट ४ रात/५ दिनको थाइल्याण्ड भ्रमणको प्याकेज पाउन सक्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .