ad ad

कारोबार


बीवाईडीद्वारा एनएमबी बैंकसँग सम्झौता, ईभी खरिद गर्न सजिलो

बीवाईडीद्वारा एनएमबी बैंकसँग सम्झौता, ईभी खरिद गर्न सजिलो

नेपालखबर
बैशाख ५, २०८० मंगलबार २२:५२, काठमाडौँ

बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको नेपालस्थित आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले विद्युतीय सवारीका लागि एनएमबी बैंकसँग रणनीतिक बैंक वित्तीय सम्झौताको घोषणा गरेको छ । 

यो साझेदारीले नेपाली उपभोक्ताहरुलाई प्रतिस्पर्धी वित्तीय विकल्पहरु प्रदान गरेर बीवाईडी ईभी एस खरिद गर्न सजिलो बनाउने लक्ष्य राखेको छ । एनएमबी बैंकसँगको सहकार्यले ग्राहकहरुलाई आकर्षक ब्याजदर र सुलभ वित्तीय विकल्पहरुसहित बीवाईडी ईभी एस खरिद गर्न सक्षम बनाउनेछ । 

साइमेक्स इंक प्रालिका प्रबन्धनिर्देशक यमुना श्रेष्ठले विश्वभरका मानिसहरुलाई दिगो र किफायती यातायात समाधानहरु प्रदान गर्न प्रतिबद्ध रहेको बताइन् । एनएमबी बैंकसँगको यो साझेदारीले विद्युतीय सवारीलाई नेपालमा उपभोक्ताहरुमाझ थप पहुँचयोग्य बनाउन मद्दत गरेको उनले बताइन् । 

बीवाईडी विभिन्न मोडलहरुका विद्युतीय सवारीसाधनहरु उत्पादन गर्ने अग्रणी विश्वव्यापी कम्पनी हो । यसका विद्युतीय सवारी साधनहरु विश्वसनीयता, सुरक्षा र कार्यसम्पादनका लागि परिचित छन । नेपालमा बिद्युतीय सवारी साधनको बढ्दो मागसंगै यस साझेदारीले दिगो तथा गतिशील समाधानहरु अपनाउन प्रवर्धन गर्न मद्दत गर्नेछ ।

एनएमबी बैंकले पाँच वर्षसम्मका लागि १२ दशमव ४९ प्रतिशतको दरमा अनि त्यसपछिको दुई वर्षसम्म ८० प्रतिशतको दरमा फाइनान्सिङ प्रदान गर्ने छ । कम्पनीका अनुसार साईमेक्स इंक प्रा.लि. र एनएमबी बैंक लिमिटेडबीचको सम्झौता एक दिगो भविष्य प्राप्त गर्नको लागि एक ठोस कदम भएकोे कम्पनीले जनाएकोे छ । 

यो वित्तीय व्यवस्थाले नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन र दिशानिर्देशहरुको पालना गर्ने र भरपर्दो वित्तिय विकल्प उपलब्ध गराएको सुनिश्चित भएको पनि कम्पनीले जनाएको छ । साईमेक्सले नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी बिवाईडी एटो ३ (६४.९० लाख रुपैयाँमा) र बीवाइडी अल न्यु इ ६ (५९ लाख रुपैयाँ) मा बजारमा उपलब्ध गराउँदै आएको छ । 

यस्तै २० प्रतिशत डाउन पेमेन्टमा ग्राहकहरुले स्पोर्टी इलेक्ट्रिक एसयुभी बिवाईडी एटो ३  १२ लाख ९८ हजार रुपैयाँ र बिवाईडी अल न्यु इ ६ ११ लाख ८० हजार रुपैंयाँमा खरिद गर्न सक्नेछन् । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .