ad ad

कारोबार


आफ्नै ‘इन्टेलिजेन्ट भेहिकल बडी कन्ट्रोल’ प्रविधि प्रयोग गर्ने पहिलो चिनियाँ अटोमोबाइल उत्पादक बन्यो बीवाईडी

आफ्नै ‘इन्टेलिजेन्ट भेहिकल बडी कन्ट्रोल’ प्रविधि प्रयोग गर्ने पहिलो चिनियाँ अटोमोबाइल उत्पादक बन्यो बीवाईडी

नेपालखबर
चैत २९, २०७९ बुधबार १३:५१, काठमाडौँ

विद्युतीय सवारीसाधन उत्पादन गर्दै आएको चिनियाँ कम्पनी बीवाईडीले ‘बीवाईडी डाइसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम (डाइसस सिस्टम) सार्वजनिक गरेको छ। 

कम्पनीले शेन्जेनस्थित आफ्नो मुख्यालयमा यही अप्रिल १० मा उक्त नयाँ प्रणाली सार्वजनिक गरेको हो। 

यो सिस्टम नवीकरणीय ऊर्जाबाट चल्ने सवारीसाधन (एनईभी)लाई लक्षित गरी विकास गरिएको छ। कम्पनीका अनुसार योसँगै बीवाईडी आफ्नै इन्टेलिजेन्ट भेहिकल बडी कन्ट्रोल प्रविधि प्रयोग गर्ने पहिलो चिनियाँ अटोमोबाइल उत्पादक बनेको छ। 

बीवाईडी डाइसस सिस्टमले ड्राइभिङ अनुभवमा महत्वपूर्ण भिन्नता ल्याउने कम्पनीको दाबी छ। 

यो प्रणाली तीन चरणमा रहेको छ। जसमा इन्टेलिजेन्ट ड्याम्पिङ बडी कन्ट्रोल सिस्टम (डाइसस–सी), इन्टेलिजेन्ट एयर बडी कन्ट्रोल सिस्टम (डाइसस–ए) र इन्टेलिजेन्ट हाइड्रलिक बडी कन्ट्रोल सिस्टम (डाइसस–पी) रहेका छन्। 

बीवाईडीले एनईभी सम्बन्धित प्रविधिको विकासलाई तीव्रता समेत दिएको छ। बीवाईडीले भर्टिकल मोसन कन्ट्रोलको अनुसन्धानमा समेत नेतृत्व लिएको दाबी गरेको छ। 

एनईभीका लागि इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम र भर्टिकल मोसनमा प्रणालीगत समाधान दिएको जनाएको छ। 

यसअघि नै कम्पनीले डीएम सुपर हाइब्रिड प्रविधि, इप्लेटफर्म ३.०, ब्लेड ब्याट्री र ई४प्लेटफर्म लगायतका प्रविधिगत सफलता हात पारिसकेको छ। 

आकस्मिक रुपमा ब्रेक हान्दा, उच्च गतिमा भएका बेला हुने स्थानान्तरणको जोखिम घटाउनेलगायतका फाइदा यो डाइसस सिस्टममा रहेको कम्पनीले जनाएको छ। 

त्यस्तै यो प्रणालीले गाडीलाई स्क्र्याच हुनबाट जोगाउने र हिउँयुक्त, हिलो र पानी रहेका बाटोमा हुनसक्ने सम्भावित क्षति हुनबाट पनि बचाउने कम्पनीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .