ad ad

कारोबार


प्रतिबन्ध लगाएको ८ महिनापछि खुल्यो गाडी आयात

प्रतिबन्ध लगाएको ८ महिनापछि खुल्यो गाडी आयात

नेपालखबर
मंसिर २०, २०७९ मंगलबार २२:२६, काठमाडौँ

सरकारले ८ महिनापछि सवारी साधन आयात खुल्ला गरेको छ। 

वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको भन्दै वैशाखमा लगाएको प्रतिबन्द मंगलबार फुकुवा गरेको हो। 

उद्योग वाणिज्य तथा अपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको प्रस्ताव मंगलबारको बैठकले पारित गरेसँगै गाडी आयात गर्न पाइने भएको छ। 

सरकारले डिजेल र पेट्रोलबाट चल्ने कार, जिप भ्यान आयातमा प्रतिबन्ध लगाएको थियो। दुई पांग्रेमा १५० सिसी माथीका मोटरसाइकल आयातमा प्रतिबन्ध लागेको थियो। 

पर्यटन र रेमिट्यान्समा सुधार आउँदा वैदेशिक मुद्रा सञ्चिती बलियो बन्दै गएको छ। 

सरकारले प्रतिबन्ध लगाएको जिप, कारको आयात १ प्रतिशत मात्रै हिस्सा रहेको भन्दै व्यवसायीले आयात खोल्दा मुद्रा सञ्चितीमा असर नपार्ने दाबी गर्दै आएका थिए। 

सवारी साधन आयातमा प्रतिबन्ध लगाउँदा राजस्वमा लक्ष्यअनुसार उठ्न नसकेपछि सरकारले आयात खुल्ला गर्ने दवाव बढेको थियो। अर्कोतर्फ अटो व्यवसायीको छता संगठन नाडा अटो मोबाइल्सले आन्दोलनको घोषणागर्दै आयात खुलाउन दवाव समेत दिएको थियो। 

नाडाका अनुसार ८ महिना गाडी आयात प्रतिबन्ध लाग्दा ५८ वटा डिलर बन्द भएका छन् भने करिब ३० प्रतिशत रोजगारी गुमेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .