महानगर यातायात प्रा. लि.ले थप १० वटा टाटा अल्ट्रा बस सञ्चालनमा ल्याएको छ।
काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सेवा दिँदै आएको कम्पनीले ३९ थान आकर्षक, सुविधा सम्पन्न र आधुनिक प्रविधि जडित यात्रुवाहक बस सञ्चालन गरी उत्कृष्ट सेवा प्रदान गर्दै आएको थियो।
यही असोज १६ गते घटस्थापनाको दिनको शुभ अवसर पारेर थप १० थान टाटा एल. पी. ओ. ८.५ अल्ट्रा बस थपी संचालनमा ल्याएको कम्पनीले जनाएको छ।
सिप्रदी ट्रेडिङ्गका प्रमुख प्रबन्धक कृष्ण चन्दले टाटा मोटर्सद्वारा उत्पादित यस बसमा १४० हर्ष पावरको शक्तिशाली इन्जिन रहेको जानकारी दिए।
हाइ व्यक सिट, मिडल डोर तथा पराबोलिक लिफ स्प्रिंग सस्पेन्सन रहेको यस गाडीले आरामदायी यात्रा सुनिश्चित गर्छ । यसको बडी भने बडी निर्माण कम्पनी मार्कोपोलो द्वारा गरिएको कम्पनीले जनाएको छ।
Shares
प्रतिक्रिया