कारोबार


नैकापमा सिप्रदीले खोल्यो टाटाको ईभी लर्निङ सेन्टर, कसले लिन पाउँछन् ट्रेनिङ?

नैकापमा सिप्रदीले खोल्यो टाटाको ईभी लर्निङ सेन्टर, कसले लिन पाउँछन् ट्रेनिङ?

नेपालखबर
असोज ७ , काठमाडौँ

टाटा मोटर्सले नेपालमा पहिलो ईभी लर्निङ सेन्टर सुरु गरेको छ। 

टाटा मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले काठमाडौंको नैकापमा आफ्नो ईभी ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएको हो। 

ईभी लर्निङ सेन्टरको उद्घाटन टाटा मोर्टस लिमिटेड भारतका प्यासेन्जर भेहिकलको इन्टरनेशनल बिजनेस हेड मायांक बाल्दी र सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले संयुक्त रुपमा गरेका हुन्।  

सिप्रदी टे«डिङले ईभी लर्निङ सेन्टर दक्षिण एसियामै पहिलो रहेको दाबी गरेको छ। विद्युतीय गाडी उत्पादन भइरहेको भारतमा समेत ईभी लर्निङ सेन्टर स्थापना नभइसकेको कम्पनीले जनाएको छ। 

ईभी लर्निङ सेन्टरको लागि टाटाले छुट्टै मेकानिकल इन्जिनियरको व्यवस्था गरेको छ। 

कम्पनीका अनुसार ईभी ट्रेनिङ सेन्टरबाट १ हप्तादेखि ६ महिनासम्म ट्रेनिङ दिइनेछ। जसमा मेकानिक होस् वा विद्युतीय गाडीमा चासो राख्ने सबैले ट्रेनिङ लिन सक्छन्। 

ईभी लर्निङ सेन्टरमा नेक्सन ईभी पृष्ठभूमि, ब्याट्री प्याक, डिसी चार्जिङ, जिपट्रोन प्रविधि, डायग्नोसिस, चार्जिङ सिस्टम आर्किटेक्चरलगायतको विषयमा तालिम दिइन्छ। 

नैकापको ईभी लर्निङ सेन्टरमा विद्युतीय गाडीमा प्रयोग भइरहेको मोटर, ब्याट्रीसहित इक्विपमेन्ट राखिएको छ। 

ट्रेनिङ लिने सबैले आफैँ छोएर वा हेरेर सिक्न सक्छन्। सेन्टरमा आवश्यकताअनुसार भिडियोमार्फत पनि सिकाउने व्यवस्था रहेको छ। 

इन्टरनेशनल पीपी हेड मायांक बाल्दीले ईभी सेन्टर विद्युतीय गाडीको विषयमा जानकारी लिन चाहने सबैको लागि उपयोगी हुने बताएका छन्।

असोज ७, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad