नेपालको सबैभन्दा बढी रुचाइएको युरोपियन एसयुभी स्कोडा कुशाकले नेपालमा एक वर्ष पूरा गरेको छ।
एमएडब्लु स्कोडाले गत वर्ष साउनमा कुशाकलाई सार्वजनिक गरेको थियो। लगत्तै यो नेपाली बजारमा ‘हिट्’ साबित भएको कम्पनीले जनाएको छ।
‘यसको ड्राइभिंग डाइनामिक्स, लुक्स, पर्फर्मेन्स, कम्फोर्ट र थ्रिलिंग टिएसआई इन्जिनका कारण स्कोडा नेपालले सार्वजनिक भएको १५ औं दिनमा ७५ वटा युनिक कुशाक एकै दिन डेलिभरी दिन सफल भएको थियो’, कम्पनीले भनेको छ, ‘त्यसयता गत आर्थिक वर्षभरि कुशाकप्रति ग्राहकको आकर्षण अनवरत गरिरह्यो।’
कुशाक सार्वजनिक भएयता नेपालमा स्कोडाको विक्री गत वर्षले भन्दा ५६० प्रतिशतले बढेको छ। एक वर्षमा चार सय युनिट विक्री भएको स्कोडा कुशाकको मार्केट शेयर आफ्नो सेग्मेन्टमा १८ प्रतिशत रहेको छ।
‘नेपालमा लन्च भएपछि कुशाकले स्कोडा ब्रान्ड र नेपाली अटो क्षेत्रमै आफूलाई सेग्मेन्टलाई परिभाषित गर्ने एसयुभीका रुपमा उभ्याउन सफल भएको छ’, स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘कुशाकलाई माया गर्ने र स्कोडा ब्रान्डसँग बलियो सम्बन्ध स्थापित गर्ने सबै ग्राहकसँग कुशाकको एक वर्षे कोशेढुंगालाई मनाउन पाउँदा हामी हर्षित छौं । कुशाकलाई माया गर्ने सबैप्रति हामी आभार व्यक्त गर्न चाहन्छौँ।’
स्कोडा कुशाक एम्बिसन, एक्टिभ र स्टाइल गरी तीन ट्रिम अनि क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनि ओरेन्ज र टर्नेडो रेड गरी पाँच कलरमा उपलब्ध छ। नेपालमा स्कोडाको मूल्य ४९ लाख ९० हजारदेखि ७१ लाख ९० हजार रुपैयाँसम्म रहेको छ।
Shares
प्रतिक्रिया