ad ad

कारोबार


सिप्रदी ट्रेडिङले नेपाल ल्यायो टाटा विंगर बीएस६, के छन् विशेषता?

सिप्रदी ट्रेडिङले नेपाल ल्यायो टाटा विंगर बीएस६, के छन् विशेषता?

नेपालखबर
साउन २, २०७९ सोमबार १७:४१, काठमाडौँ

टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टाटा विंगर बीएस६ नेपाली बजारमा सार्वजनिक गरेको छ। 

‘प्रिमियम टफ’ ढाँचामा तयार परिएको गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सीलगायतका संस्थाहरुलाई उपयुक्त हुने कम्पनीले जनाएको छ  

२.२ लिटरको डाइकोर इन्जिन जडित विंगर बीएस६ को टर्क अत्यन्त प्रभावकारी छ। त्यसैगरी इको स्विच एवं गियर सिफ्ट एडभाइजरजस्ता विशेषताले गर्दा यस गाडीले कम इन्धन खपत गरी उत्कृष्ट कार्यक्षमता प्रदान गर्ने कम्पनीले जनाएको छ। 

हाइड्रोलिक सक एब्जर्बर भएको फ्रन्ट सस्पेन्सन एवं मोनोकक च्यासिस जस्ता विशेषता भएको यो गाडीले सुखद र आरामदायी यात्राको प्रत्याभूति गर्ने कम्पनीको दाबी छ।

‘टाटाका विविध एवं बलिया कमर्सियल रेञ्जका गाडीहरुलाई नेपाली ग्राहकहरुले लामो समयदेखि उत्साहका साथ रोजिरहनुभएको छ। कमभन्दा कम खर्चमा आफ्नो व्यापार÷व्यवसाय अभिवृद्धि गर्न चाहनेहरुको लागि अत्यन्त उपयोगी छ’, टाटा मोटर्सको कमर्सिएल भेहिकल बिजनेस युनिट अन्तर्गतको इन्टरनेसनल बिजनेस एण्ड स्ट्र्याटिजीका उपाध्यक्ष अनुराग मेह्रोताले भने, ‘सिप्रदी ट्रेडिङ्गले दशकौँदेखि उल्लेखनीय प्रतिबद्धताका साथ  टाटाका गाडीहरुको बिक्री वितरण र सम्बन्धित सेवाहरु प्रदान गरिरहेको छ र टाटा विङ्गरले यस्तै प्रतिबद्धताका साथ नेपाली बजारमा बजारीकरण गर्नेमा हामी पूर्णतः विश्वस्त छौँ।’ 

उनले उत्कृष्ट कार्यक्षमता भएको अत्यन्त भरपर्दो उत्पादनमार्फत ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने टाटाको विरासतलाई यस विंगरले प्रतिनिधित्व गरेको दाबी गरे। 

त्यसैगरी सिप्रदी ट्रेडिङ प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर राणाले नेपालकै एक प्रतिष्ठित ब्राण्डको रुपमा कम्पनीले सदैव आफ्ना ग्राहकहरुलाई अन्तर्राष्ट्रियस्तरको उत्पादन एवं उच्चकोटीको ग्राहक सेवाहरु प्रदान गरिरहेको बताए। 

‘टाटा मोटर्सको सहकार्यमा यस्ता उत्पादन तथा सेवाहरु हामीले विगत केही दशकदेखि नेपाली ग्राहकहरुलाई प्रत्याभूति गरिरहेका छौँ’, उनले भने, ‘यसै सन्दर्भमा हामीले अहिले बिक्रीवितरण आरम्भ गरेको विङ्गर बीएस६ विभिन्न प्रयोजनहरुको लागि अन्त्यन्त उपयुक्त हुनु साथै कार्य क्षमताको दृष्टिकोणले पनि अब्बल छ । यसले छोटो समयमा नै नेपाली ग्राहकहरुको माया र विश्वास जित्ने हामीले अपेक्षा गरेका छौँ।’

सुरक्षित यात्राको लागि विंगर स्कूलमा एबीसीसहितको प्रभावकारी ब्रेकिङ प्रणाली जडान गरिएको छ।  गाडी चलाउँदा बाहिरको दृश्य प्रस्ट रुपमा देखिन यसमा फायर डिटेक्सन तथा सप्रेसन सिस्टम एवं फग ल्याम्पको व्यवस्था पनि छ। बालबालिकाको सुरक्षित एवं आरामदायी यात्राको लागि विङ्गर स्कूलमा आधुनिक विशेषताहरु रहेको सिप्रदीले जनाएको छ।       

कम्पनीका अनुसार विङ्गर कार्गो उच्च कार्यक्षमता एवं सर्वोत्कृष्ट डिजाइन चाहने अत्याधुनिक सहरी ग्राहकहरुतर्फ लक्षित छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .