कारोबार


नक्सालमा खुल्यो फक्सवागनको ५-तारे अनुभव दिने सुविधासम्पन्न शोरुम

नक्सालमा खुल्यो फक्सवागनको ५-तारे अनुभव दिने सुविधासम्पन्न शोरुम

नेपालखबर
असार १ , काठमाडौँ

नेपालका लागि फक्सवागन गाडीको आधिकारिक बिक्री वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले नक्सालमा पनि जर्मन स्टान्डर्डको फ्ल्यागशिप शोरुम खोलेको छ।

कम्पनीले ग्राहकको बढ्दो मागअनुसार नक्सालमा ५-तारे अनुभवको अत्याधुनिक सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको हो।

नेपालका लागि मित्रराष्ट्र जर्मनीका राजदूत थोमस प्रिंज मालीगाउँ प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक मिन बहादुर कुँवर, विशाल ग्रुपका प्रबन्ध निर्देशक विशाल अग्रवाल र सञ्चारकर्मीको उपस्थितिमा उक्त शोरुम उद्घाटन गरिएको हो।

पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिकत विवेक विजुक्छेले नक्सालमा जर्मनीको जस्तै अत्याधुनिक सुविधासम्पन्न सोरुम खोल्न पाउँदा निकै खुसी लागेको बताए।

यो शोरुमले ग्राहकलाई फक्सवागनको गाडी खरिद गर्न अझ सजिलो बनाउने उनले बताए। नयाँ शोरुम खोलेको अवसरमा कम्पनीले आगामी दुई सातासम्म उक्त शोरुमबाट गाडी बुकिङ गर्ने ग्राहकका लागि आकर्षक अफर पनि ल्याएको उनले जानकारी दिए।

प्रमुख कार्यकारी अधिकृत विजुक्छेका अनुसार यो शोरुमबाट आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकले ४ वर्षसम्म नि:शुल्क सर्भिसिङ र फ्रि कन्जुमेबल्स पाउनेछन्।

पूजा इन्टरनेसनलले १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी बिक्री वितरण गर्दै आएको छ। फक्सवागनका गाडीहरु बलियो डिजाइन र युरोपेली प्रविधिबाट तयार गरिएकोले नेपाली गाडी पारखीमाझ निकै लोकप्रिय छन्।

नेपालमा फक्सवागनका १० भन्दा बढी सोरुम र ९ वटा सर्विस सेन्टर सञ्चालनमा रहेका छन्।

असार १, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.