ad ad

कारोबार


विद्युतीय गाडीमा बढाइएको कर फिर्ता लिन नाडाको माग

विद्युतीय गाडीमा बढाइएको कर फिर्ता लिन नाडाको माग

नाडाको पत्रकार सम्मेलन। तस्बिर : विजय सिंह


नेपालखबर
जेठ २४, २०७९ मंगलबार १३:२४, काठमाडौँ

नाडा अटोमोबाइल एसोसिएसनले विद्युतीय गाडीमा बढाइएको कर फिर्ता हुनुपर्ने माग गरेको छ। 

विद्युतीय गाडी भविष्य भएकाले  कर बढाउनु उचित नभएको नाडाले बताएको हो। 

नाडाका अध्यक्ष ध्रुव थापाले सबै देशले विद्युतीय गाडीलाई प्रवर्द्धन गर्दा नेपालमा भने कर बढाएकोमा चिन्ता व्यक्त गरे।  सरकारले विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने बताए पनि कर बढाएको बताए। 

उनले नेपालको विद्युत् खपत बढाउन विद्युतीय गाडी प्रवर्द्धन आवश्यक रहेको बताए। 

सरकारले  बढी डलर बाहिर  गएको भन्दै कर बढाएकोमा पेट्रोल डिजेलको हिसाब नगरेको उनको भनाइ थियो। 

नाडा ईभी समिति संयोजक तथा उपाध्यक्ष राजनबाबु श्रेष्ठले २०३ प्रतिशत कर पुगेको बताए। उनले नेपालको सडक अवस्था अनुसार १०० किलोवाट बढीका गाडी विलासी नभएको बताए। 

अहिले बढाइएको भन्सार र अन्तःशुल्क फिर्ता हुनुपर्ने बताए।

सरकारले यही जेठ १५ गते सार्वजनिक गरेको आगामी आवको बजेटमार्फत विद्युतीय गाडीमा कर बढाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .