ad ad

कारोबार


साउन १ गतेसम्म इम्बोस्ड नम्बर प्लेट जडान नगरे ट्राफिक प्रहरीले चिट काट्ने

साउन १ गतेसम्म इम्बोस्ड नम्बर प्लेट जडान नगरे ट्राफिक प्रहरीले चिट काट्ने

नेपालखबर
जेठ २०, २०७९ शुक्रबार ११:३०, काठमाडौँ

बागमती र गण्डकी प्रदेशमा दर्ता रहेका सवारीहरुमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ। 

यातायात व्यवस्था विभागले एकान्तकुना र गुर्जुधारा र पोखरामा रहेको यातायात कार्यालयमा पूर्वाधार तयार गरिएकाले इम्बोस्ड नम्बर प्लेट जडान गर्न सूचना जारी गरेको हो। 

नामकरण भइसकेका प्रदेशमातहतका यातायात व्यवस्था कार्यालयहरुमा दर्ता रहेका सवारीहरुमा चरणबद्ध इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न नेपाल राजपत्रमा सूचना प्रकाशन गरिसकेको छ। 

प्रचलित ऐन तथा नियममा भएको व्यवस्थाबमोजिम सवारीहरुमा अविलम्ब इम्बोस्ड प्लेट जडान गर्न गराउन बागमती प्रदेश र गण्डकी प्रदेश भनेको छ।

‘एकान्तकुना, गुर्जुधारा र पोखरामा दर्ता भएका सवारीहरुमा इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन भए÷नभएको सम्बन्धमा २०७९ साउन १ पछि ट्राफिक प्रहरीबाट सडक अनुगमन गर्ने’, सूचनामा उल्लेख छ, ‘तोकिएअनुसार इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुनेछ।’

आर्थिक सर्वेक्षण २०७८ अनुसार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्यअन्तर्गत २०७८ असारसम्म ३८ हजार ३ सय इम्बोस्ड नम्बर जडान भएका थिए। चालू आर्थिक वर्षको फागुनसम्म १ लाख ३५ हजार ३०० इम्बोस्ड नम्बर प्लेट उत्पादन भई ८ हजार ३ सवारीसाधनमा जडान गरिएको छ। 

२०७८ फागुनसम्म कुल १७ हजार ४ सय १८ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ। 

मोटरसाइकलमा २५ सय, चारपांग्रेमा ३२ सय र ठूला साधनमा ३६ सय रुपैयाँ शुल्क तोकिएको छ। 

इम्बोस्ड नम्बर प्लेटका लागि अनलाइन फर्म भर्नुपर्छ। अनलाइन फर्मसहित दस्तुर बुझाएको रसिद, नागरिकताको प्रतिलिपि, सवारी धनी र सवारीदर्तासम्बन्धी विवरण भएको ब्लुबुकको प्रतिलिपि, हालसम्म सवारी कर चुक्ता भएको प्रमाणित गर्ने कागजात सम्बन्धित यातायात कार्यालयमा बुझाउनुपर्नेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .