कारोबार


२०२५ मा आउनेछ टाटाको युनिक डिजाइनयुक्त अभिन्या ईभी, ५०० किमि रेन्ज

२०२५ मा आउनेछ टाटाको युनिक डिजाइनयुक्त अभिन्या ईभी, ५०० किमि रेन्ज

नेपालखबर
बैशाख २०, २०७९ मंगलबार १५:४६, काठमाडौँ

टाटा मोटर्सले आफ्नो नयाँ विद्युतीय कार अभिन्याको कन्सेप्ट तस्बिर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो पूर्णविद्युतीय तेस्रो पुस्ताको आर्किटेक्चरमा आधारित हुनेछ। 

टाटा अभिन्या भारतीय बजार लक्षित गरी डिजाइन गरिए पनि विश्व बजारमा समेत पुर्याउने लक्ष्य रहेको टाटा ग्रुपका प्रमुख एन चन्द्रशेखरनले बताए। 

कम्पनीले यो कार सन् २०२५ मा भारतीय बजारमा आउने जनाएको छ। त्यसअघि अबको २४ महिनामा टाटा कर्भ ईभी लन्च गर्नेछ। 

टाटा मोटर्सले घरेलु कार ब्रान्डको तेस्रो पुस्तामा आधारित सिद्धान्तअनुसार अभिन्या ईभीको डिजाइन गरिएको जनाएको छ। 

यो कारमा टाटा मोटर्सलाई दर्शाउने ‘टी’ फर्मवाला एलईडी स्ट्रिप हुनेछ। यो कारको कन्सेप्ट डिजाइन सार्वजनिक भएसँगै यसले धेरैको ध्यान तानेको छ। 

कन्सेप्ट कार भनेको इलेक्ट्रिक पावरट्रेनसँगै प्रिमियम एसयूभीको एउटा प्रि–प्रडक्सन हो। 

कम्पनीले यो कारमा बोल्डनेस जोड दिएको छ। जसमा ठूला अलोय टायर, फराकिला खुल्ने बटरफ्लाई ढोकाहरु, पछाडि स्लिक एलईडी स्ट्रिप जसले टेललाइटको पनि काम गर्छ। 

क्याबिनमा फरक भिजुअल अपियरेन्स, ठूलो स्पेसलाई जोड दिइएको छ। त्यस्तै उच्च सुरक्षाका फिचरहरु, धूलोबाट जोगावट, र उन्नत ड्राइभर असिस्टेन्सजस्ता सुविधा रहेका छन्। 

इन्टेरियरमा ठूलो टचस्क्रिनयुक्त इन्फोटेनमेन्ट सिस्टम, युनिक आकारको स्टेयरिङ, ३६० डिग्रीमा घुम्ने सिटहरु लगायत रहेका छन्। 

यो कारको रेन्ज ५०० किमि हुने बताइएको छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad