ad ad

कारोबार


‘सेफ ड्राइभः सेभ लाइभ्स’ रेडियो कार्यक्रम आइतबारदेखि

‘सेफ ड्राइभः सेभ लाइभ्स’ रेडियो कार्यक्रम आइतबारदेखि

नेपालखबर
बैशाख १२, २०७९ सोमबार १८:२१, काठमाडौँ

नेपालमा मोटर/मोटरसाइक्लिङ स्पोर्टस, अटोमोबाइल मोबिलिटी तथा ड्राइभ टुरिजम र सडक सुरक्षा क्षेत्रमा सक्रिय नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) नेपाल र रेडियो काठमाडौं बीच रेडियो कार्यक्रम ‘सेभ ड्राइभ, सेभ लाईफ’ प्रसारण गर्ने सम्झौता भएको छ। 

रेडियो काठमाडौं ९२.१ मा प्रसारण हुने सो कार्यक्रम हरेक आईतबार साँझ साढे ६ बजे देखि आधा घण्टाको हुनेछ र आगामी आईतबारबाट ५२ हप्तासम्म चल्नेछ।

फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल (एफआईए)को सहयोगमा संचालन हुने उक्त कार्यक्रममा सवारी दुर्घटना र रोकथाम, सुरक्षित मोटरसाइकल राइडिङ्ग र सुरक्षित हेल्मेटको आवश्यकता, सार्वजनिक यातायात र अटोमोबाइलका राष्ट्रिय÷अन्र्तराष्ट्रिय विषयमा प्रकाश पारिनेछ।

आजै रेडियो काठमाडौंका बिजनेश हेड चन्द्रमणी गौतम र एफआईए वर्लड काउन्सिल सदस्य  गोविन्द भट्टराईबीच सो कार्यक्रमसम्बन्धी सम्झौता आदानप्रदान गरिएको नासाले जनाएको छ। 

कार्यक्रम रेडियो काठमाडौंका अलावा नासा नेपाल र रेडियो काठमाडौंका फेसबुक पेजबाट समेत सुन्न सकिनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .