कारोबार


अर्बपति अम्बानीले कर्मचारीलाई बनाइदिए चार्जिङ स्टेसन, निःशुल्क चार्ज गर्न पाउने

अर्बपति अम्बानीले कर्मचारीलाई बनाइदिए चार्जिङ स्टेसन, निःशुल्क चार्ज गर्न पाउने

नेपालखबर
चैत २४, २०७८ बिहिबार १४:४५, काठमाडौँ

रिलायन्स इन्डस्ट्रिज लिमिटेडले आफ्नो मुम्बई परिसरमा विद्युतीय गााडीको चार्जिङ स्टेसन स्थापना गरेको छ । यसमा कर्मचारीले निःशुल्क चार्ज गर्न पाउनेछन् ।

नवभारत टाइम्सका अनुसार कम्पनीको मानव संसाधन (एचआर) विभागले बुधबार आफ्ना कर्मचारीलाई इमेल पठाई यसबारे सूचित गराएको छ । मुम्बईस्थित रिलायन्स कर्पोरेट पार्क (आरसीपपी) मा जियो बीपी पल्स ईभी चार्जिङ क्षेत्र बनाएको छ ।

कम्पनीले कर्मचारीहरुसलाई यहाँ निःशुल्क चार्ज गर्न सक्ने सूचित गराएको छ । रिलायन्सले आफ्ने अन्य परिसरमा पनि यही प्रकारको पूर्वाधार बनाउन सक्ने बताएको छ ।

यो सुविधा लिन कर्मचारीले जियो बीपी पल्स चार्ज मोबाइल एपमा दर्ता हुनुपर्ने बताइएकोा छ । ईभी चार्जिङ सेसन सुरु गर्न चार्जिङ युनिटमा क्युआर कोड स्क्यान गर्नुपर्नेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad