कारोबार


१० अर्ब ३३ करोडको ट्रेजरी बिक्री हुँदै

१० अर्ब ३३ करोडको ट्रेजरी बिक्री हुँदै

नेपालखबर
असोज ६, २०७६ सोमबार ६:३१,

नेपाल राष्ट्र बैंकले आज १० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिक्रीको लागि बोलकबोल गर्ने भएको छ। अपराह्न ३ बजे हुने बोलकबोल राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले गर्नलागेको हो।

राष्ट्र बैंकका अनुसार आज तीनवटा ट्रेजरी बिलको बोलकबोल हुनेछ। जसमा ९१ दिनको ४ अर्ब ३ करोडको, १ सय ८२ दिनको ४ अर्ब ३० करोडको र एक वर्षको २ अर्बको ट्रेजरी बिल बिक्री गर्न लागिएको छ। यसमध्ये ९१ दिनको ट्रेजरी बिल आगामी पुस ८ गते, १ सय ८२ दिनको ट्रेजरी बिल आगामी चैत ११ र एक वर्ष अवधिको २ अर्बको बिल अर्को वर्ष असोज ६ गते परिपक्व हुनेछ।

ट्रेजरी बिलमा छुट आम्दानी करयोग्य हुनेछ भने कुल बिक्रीको १५ प्रतिशत गैरप्रतिस्पर्धी प्रस्तावकको लागि ‘रिजर्भ’ गरिएको छ। यसअघि पनि राष्ट्र बैंकले गत भदौ ३० मा ८ अर्ब २३ करोडको ९१ दिने, २ अर्बको १ सय ८२ दिने र अर्को दुई अर्बको एक वर्षे ट्रेजरी बिल जारी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad