ad ad

कारोबार


काठमाडौंमा ‘पाकिस्तानी व्यापार मेला’ सुरु

काठमाडौंमा ‘पाकिस्तानी व्यापार मेला’ सुरु

नेपालखबर
भदौ ३०, २०७६ सोमबार ८:२५,

काठमाडौंमा ‘पाकिस्तान र नेपाल मैत्री व्यापार मेला’ सुरु भएको छ।

दुई मुलुकबीचको व्यापार विस्तारमा जोड दिने उद्देश्यका सोमबारबाट काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सो मेला सुरु भएको हो। सात दिनसम्म चल्ने मेलाको उद्घाटन गर्दै नेपालका लागि पाकिस्तानका राजदुत मजहर जाभेदले दुई मुलुकबीचको सम्बन्धलाई अझै विस्तार बनाउन मेला उपयोगी हुने विश्वास व्यक्त गरे।

ललितपुर उद्योग वाणिज्य संघको संयोजनमा आयोजना गरिएको सो मेलामा पाकिस्तानका छालाका सामग्रीहरु मुख्य आकर्षणका रुपमा रहेका छन्। त्यसैगरी मेलामा पाकिस्तानी सारी, कुर्ता, जुत्ता, चप्पल पनि राखिएका छन्। नेपालका हस्तकलाका सामग्रीहरु पनि मेलामा राखिएको छ। दुवै मुलुकका उत्पादनहरुकोे बजारीकरण गर्न पनि मेला आयोजना गरिएको ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले बताए।

नेपालस्थित पाकिस्तानी र पाकिस्तानस्थित नेपाली दुतावासको सहकार्यमा आयोजना गरिएको सो मेलाले दुई मुलुकबीचको व्यापार विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .