ad ad

कारोबार


नोक्सान पुग्ने भन्दै कीर्तिपुरका व्यापारीद्वारा दशैँ मेलाको विरोध (फाेटाे)

नोक्सान पुग्ने भन्दै कीर्तिपुरका व्यापारीद्वारा दशैँ मेलाको विरोध (फाेटाे)

नेपालखबर
भदौ २६, २०७६ बिहिबार १०:२६,

कीर्तिपुरे व्यापारीहरुले नजिकिँदो चाड दशैँलक्षित मेलाको विरोध गरेका छन्। आफ्नो व्यवसायमा असर गर्ने भन्दै उनीहरुले विरोध गरेका हुन्।

कीर्तिपुर नयाँ बजार गेटनजिकै फुटबल मैदानमा दशैँ मेला गर्ने निश्चित भएपछि व्यापारीले विरोध गरेका हुन्। उनीहरुले कीर्तिपुर नगरपालिकाको भवनमा पुगेर नाराबाजी गरेका छन्। व्यापारीहरुले आफ्नो सिन्डिकेट लाद्न विरोध गरेका हुन्।

बिहीबारकाे प्रदर्शन पछि स्थानीय व्यापारीसँग सरकारी पक्षले गरेकाे वार्ता विफल भएकाे स्थानीयले जनाएका छन्। भाेलि दिउँसाे १ बजे पुन; वार्ता हुनेछ।

दुई दिनदेखि व्यापारीले विरोध गरेपछि मेयर रमेश महर्जनले दुवै पक्षसँग वार्ताको पहल गर्ने बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .