ad ad

कारोबार


नेपाल एसएमई मेला सम्पन्न, ४५ हजारले गरे अवलोकन

नेपाल एसएमई मेला सम्पन्न, ४५ हजारले गरे अवलोकन

नेपालखबर
भदौ २३, २०७६ सोमबार १४:१८,

राजधानीको भृकुटीमण्डमा भएको ‘नेपाल एसएमई व्यापार मेला २०१९ मा’ २ करोड बढीको कारोबार भएको छ।

साना तथा मझौला व्यवसायी महासंघको आयोजनामा भएको मेलामा डेढ करोड देखि २ करोडसम्मको बिक्री भएको आयोजकले जनाएका हुन्। महासंघका केन्द्रीय सदस्य एवं मेलाका संयोजक रविन थापाले अन्तिम दिन सोमबार साँझ सम्म ४५ हजार जनाले मेला अवलोकन गरेको बताए। मुलुकभरका साना तथा मझौला व्यवसायीका उत्पादित बस्तुलाई एउटै छानोमुनी विक्रि वितरणको साथै बजारिकरणको व्यवस्था गर्न गर्नका लागि महासंघले मेला आयोजना गरेको उल्लेख गर्दै उनले मेलाले अपेक्षित कारोवार गर्न सफल भएको बताए।

विश्व पर्यटन दिवस एवम् हिन्दुहरुको महान चाड वडा दशैको अवसरमा महासंघले नेपाल एसएमई व्यापार मेला आयोजना गरेको हो। मेलामा ७७ वटा जिल्लाका साना तथा मझौला व्यवसायीका ७८ वटा स्टल थिए। उल्लेख्य रुपमा अवलोकनकर्ताहरु आएपछि व्यवसायीहरु पनि खुसी छन् । व्यवसायी मिलनविर मालाकार विक्रि मात्रै नभई नया नया उपभोक्तासंगको भेटघाटको अवसर मिल्ने भएकाले व्यापार प्रवद्र्धनका दृष्टिले मेला प्रभावकारी बनेको प्रतिक्रिया दिए। त्यसैगरी अर्का व्यवसायी सन्दैश राई, रञ्जना श्रेष्ठ पनि आफुले अपेक्षित रुपमा सामान विक्रि गर्न सकेको प्रतिक्रिया दिए।

बिहीबारदेखि सुरु भएको मेलामा साना तथा मझौला व्यवसायीद्धारा निर्मित हस्तर्निमित सामान, अर्गानिक चिया, बेतबाट बनेका साजसज्जाका सामान, हिमाली क्षेत्रमा पाईने जडिबुटी, कटुस, अकबरे खुर्सानी, भिर माहुरीको मह, हरियो चियापत्ति, शुद्ध तोरी तथा आलसको तेल लगायत औषधीजन्य जडिबुटीको साथै तयारी पोशाक, ढाकाका कपडा, नेपाली सुती कपडा लगायतका स्टलहरु राखिएको थियो। त्यसैगरी घरायसी स्वादका अचार, केक, मिठाई लगायतका खाद्य परिकार पनि मेलामा राखिएको थियो।

अर्गानिक उत्पादन, हिमाली क्षेत्रका जडिबुटी र शुद्ध तोरीको तेल, नौनी तथा मह तथा सुती तथा ढाकाका कपडाका स्टलहरुमा अवलोकनकर्ताको आकर्षण देखिएको थियो। काष्ठनिर्मित सामान, पोते, नेपाली सुतीका कपडाको साथै बंगलादेशी तथा पाकिस्तानी उत्पादनमा पनि उपभोक्ताको भीड लागेको थियो। मेलामा बंगलादेश, पाकिस्तान र भारतका व्यवसायीले पनि सहभागीता जनाएका थिए। बिहीबारदेखि सुरु भएको मेला सोमबार सम्पन्न भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .