ad ad

कारोबार


रिचार्जरको ग्याजेट्स बिग सेलमा ४९९ रुपैयाँमा मोबाइल

रिचार्जरको ग्याजेट्स बिग सेलमा ४९९ रुपैयाँमा मोबाइल

नेपालखबर
भदौ १७, २०७६ मंगलबार १५:३१,

एनआईसी एशिया बैंकसँगको सहकार्यमा भारी छुटमा रिचार्जरमा वान प्लस सेभेन मोबाइल मोबाइल एप रिचार्जरले सञ्चालन गरिरहेको ग्याजेट्स मेलामा ४९९ रुपैंयामा मोबाइल अफर सुरु चल्ने भएको छ।

रिचार्जरका एक जना प्रयोगकर्ताले एउटा मात्र मोबाइल ४९९ रुपैंयामा खरिद गर्न सक्ने छन्। भदौ १९ गते बिहिबारका दिन रिचार्जर एपबाट ४९९ रुपैंयामा मोबाइल खरिद गर्न सकिने छ। बिहिबार मध्यान्ह १२ बजेदेखि सुरु हुने अफर ४ घण्टासम्म चल्नेछ। रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहका अनुसार ४ घण्टा अवधिका लागि १० हजार थान मोबाइल बिक्री हुने अपेक्षा गरिएको छ।

साथै एनआईसी एशिया बैंकसँगको सहकार्यमा रिचार्जरले वान प्लस सेभेन मोबाईल बुकिङ गर्दा १० प्रतिशतसम्मको क्यास व्याक दिने योजना पनि रिचार्जरले ल्याएको छ। योजना अनुसार एनआईसी एशिया बैंकको मोबाइल बैंकिङबाट वान प्लस सेभेन मोबाइलको रकम भुक्तान गर्दा १० प्रतिशत रकम ४८ घण्टा भित्रमा सेवाग्राहीको बैंक खातामा नगद फिर्ता हुने एनआईसी एशिया बैंकले जनाएको छ। अन्य फोन पे एपहरुबाट उक्त मोबाइलको रकम भुक्तान गर्दा ५ प्रतिशत रकम तत्काल बैंक खातामा फिर्ता हुने रिचार्जरले जनाएको छ । त्यसै गरी रिचार्जरले पनि उक्त मोबाइल किन्दा ५ प्रतिशत रकम बराबरको क्यास व्याक प्वाइन्ट रिडिम गर्न सकिने व्यवस्था मिलाएको छ।

साथै रिचार्जरबाट सामसुङ नोट १० र नोट १० प्लस मोबाइल शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा किन्न सकिन्छ।

ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले केही समय अघि मात्र अपडेट गरिएको एपबाट सहज रुपमा आवश्यक उपकरणहरु खरिद गर्न सकिने बताए। भदौ ११ गतेदेखि चलिरहेको ग्याजेट्स मेलामा अफर भित्र अफर अन्तरगत सेवाग्राहीले सरप्राईज गिफ्टह्याम्पर पाउने छन् । अफर भित्र अफर सहित ५० प्रतिशतसम्मको छुटका साथै क्यास प्वाइन्ट रिडीम गरी मेलामा सुलभ मुल्यमा सामान किन्न सकिन्छ।

विभिन्न बैंक तथा ब्राण्डसँगको सहकार्यमा ‘अहिले लिनुहोस्, पछि तिर्नुहोस्’ योजना सहित रिचार्जरले ग्याजेट्स मेला सञ्चालन गरेको हो। मेलामा सस्तो मुल्यामा मोबाईल तथा ईलेक्ट्रोनिक्स ग्याजेटहरु शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा किन्न सकिने रिचार्जरले जनाएको छ। सबै अफरमा सहभागि हुनका लागि सेवाग्राहीले एण्ड्रोइड तथा आईफोनमा रिचार्जर एप डाउनलोड गरी खाता सञ्चालनमा ल्याउनु पर्ने हुन्छ।

मेलामा मोबाइल, ल्यापटप, क्यामेरा, टेलिभिजन, एयर कण्डिसनर, रेफ्रिजिरेटर लगायतका उपकरणहरु शुन्य प्रतिशत व्याजदरमा घरमा बसेर अर्डर गर्न सकिने छ।

नजिकिदै गरेको दशै तथा तिहारको अवसर पारेर रिचार्जरले जीप कम्पनिको हरेक गाडीको खरिदमा १ लाख क्यास व्वाइन्ट समेत उपलब्ध गराउने भएको छ।

यसका साथै रिचार्जर एप डाउनलोड गरी खाता खोली कारोबार गर्ने मध्येबाट एक जनालाई रिचार्जरले सामसुङको ए ट्वान्टी मोबाइल बितरण गर्ने भएको छ। यही भदौ २९ गते १६ः३० बजे रिचार्जरको फेसबुक पेजमा प्रत्यक्ष प्रशारण गरी मोबाइल विजेता घोषणा गर्ने रिचार्जरले जनाएको छ।

 गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर एप डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले तत्काल १०० क्यास प्वाइन्ट पाउने छन्। रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो, त्यति नै त्यति नै क्यास प्वाइन्ट पाइन्छ। विभिन्न किसिमका सेवाहरुको बिल भुक्तान गर्द पनि २० प्रतिशतसम्मको क्यास प्वाइन्ट पाइन्छ। यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामान खरिद गर्दा रिडीम गरी प्रयोग गर्न सकिन्छ। केही समय पछि यस्तो क्यास प्वाइन्टबाट मात्र पनि सामान खरिद गर्न सकिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .