राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५ प्रदेशका १२ जिल्लामा १४ वटा नयाँ शाखा कार्यालयहरु एकैपटक सञ्चालनमा ल्याएको छ।
अर्थमन्त्री डा.युबराज खतिवडाले डिजिटल प्रविधिबाट बुधबार ति शाखाहरुको संयुक्त उद्घाटन गरेका हुन्। यस पछी बैंकको शाखा कार्यालयको संख्या २३६ पुगेको छ।
नयाँ शाखाहरुमा झापा जिल्लाको वाह्रदशी गाउँपालिका–४ स्थित शाखा कार्यालय चकचकी, मोरङ्ग जिल्लाको धनपालथान गाउँपालिका–४ स्थित शाखा कार्यालय कर्सिया, काठमाडौं जिल्लाको काठमाडौं म.न.पा.वडा न.३२ स्थित शाखा कार्यालय कोटेश्वर, टोखा नगरपालिका–७ स्थित शाखा कार्यालय टोखा, तनहुँ जिल्लाको शुक्लगण्डकी नगरपालिका–६ स्थित शाखा कार्यालय खैरेनीटार, गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–४ स्थित शाखा कार्यालय पूर्तिघाट, नवलपुर जिल्लाको देवचुली नगरपालिका–१६ स्थित शाखा कार्यालय टांगीकोट, कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका–८ स्थित शाखा कार्यालय चन्द्रौटा रहेका छन्।
यस्तै, दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका – १५ स्थित शाखा कार्यालय घोराही, पर्सा जिल्लाको पोखरीया नगरपालिका–४ स्थित शाखा कार्यालय पोखरीयाबजार, मकवानपुर जिल्लाको भिमफेदी गाउंपालिका–६ स्थित शाखा कार्यालय भिमफेदी, महोत्तरी जिल्लाको बलवा नगरपालिका–६ स्थित शाखा कार्यालय बलवाबजार, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ स्थित शाखा कार्यालय चन्द्रपुर र महोत्तरी जिल्लाको पिपरा गाउंपालिका –४ स्थित शाखा कार्यालय पिपरा कार्यालयको पनि उद्घाटन गरिएको हो।
राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गको सभापतित्वमा भएको समारोहमा अर्थमन्त्री डा.युबराज खतिवडाले पहिलाको तुलनामा राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरेकोे चर्चा गर्दै थप उत्पादकत्व बृद्धि हुने गरी कार्य गर्नुपर्ने बताए। उनले सामाजिक बैंकिङ्ग सहितको मुनाफा सरकारले बैंकबाट चाहेको बताए।

प्रतिक्रिया