नेपाल इन्स्योरेन्सले अघिल्लो वर्षको मुनाफाबाट घोषणा गरेको ७ दशमलव पाँच बोनश सेयर जारी गर्ने भएको छ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको आइतबार बसेको ७० औँ साधारण सभा हालको चुक्ता पूँजीको ७ दशमलव पाँच बोनश सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो। कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब एक करोड ९१ लाख ३ हजार ८ सय ३२ रुपैयाँ रहेको छ।
यस्तै, कम्पनीले चुक्ता पूँजी एक अर्ब ९ करोड ५५ लाख ३६ हजार ६ सय ५२ पु-याउने प्रस्ताव पारित पनि गरेको छ।
साधारण सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी विषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गरेको छ।
3
Shares
प्रतिक्रिया