नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले थप अनुसन्धान गनुपर्ने भन्दै सिम्रिक एयरलाइन्ससँग थप कागजात माग गरेको छ। कम्पनीले आफ्ना जहाजको पार्टपुर्जामा चरम लापरबाही गरेको बारे अनुसन्धानका लागि आवश्यक परेकोले उक्त विवरण माग गरिएको क्यानले जनाएको छ।
गत ३ देखि कम्पनीका जहाजहरु ग्राउन्डेड गरिएका छन्। जहाज ग्राउन्डेड भएसँगै क्यानले कम्पनीका कागजातहरुको अनुसन्धान गरिरहेको छ। कम्पनीले हवाइ सुरक्षा विभागलाई कागजात बुझाइसकेको छ।
तर ती कागजातहरु चित्तबुझ्दो नदेखिएकोले थप विवरण माग गरिएको क्यानका महानिर्देशक राजन पोख्रेलले जानकारी दिए। महानिर्देशक पोख्रेलका अनुसार सिम्रिकले बिहीबार कागजात बुझाएको थियो। त्यसै विषयमा थप अनुसन्धान आवश्यक देखिएकोले थप कागजात दिन भनिएको उनले बताए।
कम्पनी विवादमा तानिएपछि काठमाडौंबाट सिम्रिकले गर्दै आएका भरतपुर, पोखरा र भैरहवा उडान हुनसकेका छैनन्।

प्रतिक्रिया