हवाइ व्यवसायीले आन्तरिक उडानको लागि बुकिङ खुल्ला गरेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको उडान संख्याको आधारमा बुकिङ खुल्ला गरेका हुन्।
बुद्ध एयरले दैनिक ३१ वटा उडान गर्ने भएको छ। बुद्ध एयरका बजारप्रबन्धक रुपेश जोशीले आन्तरिक उडानको बुकिङ भइरहेको बताए।
‘हामीले सबै गन्तव्यमा उडान गर्न बुकिङ खुल्ला गरेका छौँ’, जोशीले भने, ‘बुद्धले दैनिक ३१ उडान गर्छ।’
यति एयरलाइन्सले दैनिक १५ उडान गर्ने गरी टिकट बुकिङ खुल्ला गरिसकेको जनाएको छ।
यति एयरलाइन्सले विराटनगर र भद्रपुरमा दैनिक ३ उडान रहेको छ भने अन्य क्षेत्रमा दैनिक दुई उडान रहेको छ।
जनकपुर, सिमरा, भैरहवा, पोखरा र नेपालगञ्जमा दैनिक दुई उडान हुनेछ।
यतिले यसअघि उडान गर्दै आएको भरतपुर र तुम्लिङटारमा भने तत्काल उडान गर्ने भएको छ।
‘यति एयरलाइन्सले जेट स्ट्रिम जहाज गुण एयरलाइन्सलाई बिक्री गर्ने सम्झौता भइसकेकाले तत्काल भद्रपुर र तुम्लिङटार उडान गर्दैनौँ’, यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने, ‘प्राधिकरणले कोटा हटाए एटीआर जहाजमार्फत नै भरतपुर र तुम्लिङटार उडान गर्छौं।’
त्यस्तै श्री एयरलाइन्सले दैनिक ७ उडान गर्नेछ भने सौर्य एयरलाइन्सलाई ३ उडान गर्न अनुमति दिइएको छ।
दुर्गम उडानमा नेपाल एयरलाइन्सले २, समिट एयरले २, तारा एयरले २ र सीता एयरले दैनिक २ उडान गर्नेछन्।
Shares
प्रतिक्रिया