ad ad

कारोबार


माथिल्लो तामाकोसीको परीक्षण उत्पादन सुरु

माथिल्लो तामाकोसीको परीक्षण उत्पादन सुरु

नेपालखबर
असार १२, २०७८ शनिबार ४:४०,

दोलखामा निर्माण भएको माथिल्लो तामाकोसी जलविद्युत आयोजना आइतबारबाट सञ्चालनमा आउने भएको छ।

चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजनाको निर्माण पूरा भएपछि परीक्षण उत्पादन गरेर राष्ट्रिय प्रशारण लाइनमा जोड्न लागिएको हो।

आयोजनाका सीईओ विज्ञानप्रसाद श्रेष्ठका अनुसार ४ सय ५६ मध्ये ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट आइतबारदेखि परीक्षण उत्पादन गर्न लागिएको हो।

तामाकोसी सञ्चालनमा आउँदा खिम्ती–लामोसाँघु १३२ केभीको लाइन बन्द हुने आयोजनाले जनाएको छ। परीक्षणको बेला ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट वितरित विद्युत केही समय कटौती हुन सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

माथिल्लो तामाकोसीबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु भएपछि भारतबाट अहिले हुँदै आएको विद्युत् आयात केही घट्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .