‘आरबीबी म्युचुअल फण्ड १’ नामको योजनालार्ई नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बिक्री गर्नका लागि अनुमति दिएको छ।
यो ‘आरबीबी म्युचुअल फण्ड’अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना हो।
कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबीबी मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी अनुमति दिइएको बताइएको छ।
यस योजनाको आकार एक अर्ब र समयावधि सात बर्षको रहनेछ ।
3
Shares

प्रतिक्रिया