हिमालय एयरलाइन्सले आइतबार काठमाडौं–दोहा प्यासेन्जर चार्टर्ड उडान गर्ने भएको छ।
काठमाडौंबाट कतार जाने यात्रुले ३० किलो ब्यागेजसहित ७ किलो हाते ब्यागेज लैजान पाउनेछन्।
कतार जाने यात्रुले ४८ घण्टा पूर्वपीसीआर जाँच गरिएको हुनुपर्नेछ।
कतारले कोभिडविरुद्धको खोप लगाएको, उमेर वा स्वास्थ्य अवस्था जे–जस्तो भए पनि प्रमाणपत्र (पीसीआर लगाएतका) विना यात्रुलाई प्रवेश गर्न नदिइने मापदण्ड जारी गरेको छ।
कतार अवतरण गरेको १ दिनभित्र अनिवार्यरुपमा होटर क्वारेन्टिन वा मेखाइन्स सुविधामा बस्नुका साथै पीसीआर जाँच पुनः गराउनुपर्नेछ।
पूर्ण खोप लगाएको यात्रु भए पनि क्वारेन्टिन वा मेखाइन्स सुविधामा १४ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ।
3
Shares
प्रतिक्रिया