ad ad

कारोबार


यस्तो छ सातै प्रदेशको बजेट, कुन प्रदेशमा बढ्यो, कुनमा घट्यो?

यस्तो छ सातै प्रदेशको बजेट, कुन प्रदेशमा बढ्यो, कुनमा घट्यो?

दीपक भट्ट
असार १, २०७८ मंगलबार १५:४७,

आगामी आर्थिक वर्ष २०७८।७९को लागि सातवटै प्रदेशले मंगलबार बजेट सार्वजनिक गरेका छन्।

कोराना संकटसँगै प्रदेशहरुले सार्वजनिक गरेको बजेटको कूल आकार कुनै प्रदेशको घटेको छ भने केहीको बढेको छ।

वागमती प्रदेश
वागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री कैशाल प्रसाद ढुंगेलले मंगलबार प्रदेश संसदमा प्रस्तुत गरेको बजेट गत वर्षको तुलनामा ६ अर्ब भन्दा बढी रहेको छ।

चालु आवमा वागमती प्रदेशको बजेट ५१ अर्ब ४२ करोड ७४ लाख ९४ करोड रुपैयाँ विनियोजन भएको थियो।

आगामी आर्थिक वर्षको लागि विनियोजन भएको रकममध्ये चालुतर्फ २६ अर्ब १ करोड, पुँजीगत २९ अर्ब ७० करोड र वित्तीय व्यवस्थापनमा २ अर्ब रुपैयाँ विनियोजन भएको छ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशले आर्थिक वर्ष ०७८।०७९ का ३० अर्व ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेका छ।

गण्डकीले गत आर्थिक वर्ष ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेट ल्याइएको थियो। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आर्थिक मामिला मन्त्रीको हैसियतामा मंगलबार सार्वजनिक गरेको बजेट गत वर्षभन्दा ४ अर्ब कम रहेको छ।

सार्वजनिक भएको बजेटमा चालूतर्फ १३ अर्ब ६ करोड ४७ लाख, पुँजीगततर्फ १६ अर्ब ७३ करोड ४६ लाख र वित्तिय व्यवस्थापनतर्फ २४ करोड विनियोजन भएको छ।

बजेट सार्वजानिक गर्दै अर्थमन्त्रीकोसमेत कार्यभार सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले चालुतर्फ ४३ दमशलव ५ प्रतिशत र पुँजीगततर्फ ५५.७ प्रतिशत, वित्तिय व्यवस्थापनमा ०.८ प्रतिशत बजेट रहेको बताएका छन्।

प्रदेश २
प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७८।०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले अगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट चालू आर्थिक वर्षकै हाराहरीमा रहेको छ।

प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको थियो।

आज मन्त्री यादवले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको बजेटमा चालू खर्चतर्फ १५ अर्ब, ६३ करोड ३३ लाख ४३ हजार अर्थात् ४६.२६ प्रतिशत र पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार ८ अर्थात् ५३.४४ प्रतिशत र वितीय व्यवस्थातर्फ १० करोड अर्थात् ०.३० प्रतिशत बजेट विनियोजन गरिएको छ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४० अर्ब ९५ करोड ९७ लाख बजेट विनियोजन गरेको छ। लुम्बिनी प्रदेशले चालू आर्थिक वर्षको बजेट ३६ अर्ब ३५ करोड बजेट विनियोजन गरेको थियो। जस अनुसार आगामी आर्थिक वर्षको बजेट करिव ४ अर्बले बढेको छ।

चालूतर्फ ३६.४७ प्रतिशत अर्थात् १४ अर्ब ९३ करोड बजेट विनियोजन गरिएको छ भने पुुँजीगततर्फ २१ अर्ब १७ करोड अर्थात् ५१.७१ प्रतिशत बजेट प्रस्तुत गरिएको छ।

वित्तीय व्यवस्थापनका लागि ४ अर्ब ८४ करोड बजेट विनियोजन गरिएको छ।

प्रदेश १
प्रदेश १ले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ विनियोजन गरेको छ। चालू आवको लागि गत वर्ष प्रदेश सरकारले ४० अर्ब ८९ करोड ९९ लाख रुपैयाँ बजेट ल्याएको थियो। जस अनुसार करिव ८ अर्ब रुपैयाँ बजेट घटाएर बजेट प्रस्तुत गरेको छ।

आगामी आर्थिक वर्षको लागि मंगलबार विनियोजित बजेट मध्ये १४ अर्ब १६ करोड रुपैयाँ चालु खर्चलाई छुट्याइएको छ। भने पुँजिगत खर्चको लागि १५ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ। वित्तिय हस्तान्त्रणको लागि ३ अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको छ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८।०७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

चालु आर्थिक वर्षको वार्षिक बजेट भन्दा आगामी आर्थिक वर्षको बजेट ३ अर्ब ५ करोड कम रहने गरी सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार बजेट प्रस्तुत गरेको हो। जसमा चालुतर्फ १० अर्ब ६६ करोड र पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख बजेट विनियोजन गरेको छ।

कर्णाली प्रदेश
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ को लागि मंगलबार ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ।कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको तुलनामा करिब ३ अर्ब बढीको बजेट प्रस्तुत गरेको छ।

विनियोजित बजेटमध्ये २१ अर्ब ६५ करोड ३९ लाख पुँजीगत, ११ अर्ब ४९ करोड २७ लाख चालू र ३ अर्ब ३९ करोड ९९ लाख वित्तीय हस्तान्तरणतर्फ रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .