ad ad

कारोबार


झापा र इलाम मालपोतमा प्रभुको एक्सटेन्सन काउन्टर

झापा र इलाम मालपोतमा प्रभुको एक्सटेन्सन काउन्टर

नेपालखबर
भदौ ४, २०७६ बुधबार ११:३८,

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टर सेवा सञ्चालनमा ल्याएको छ।

दमकस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको गत १ गते झापा मालपोत कार्यालयका कार्यालय प्रमुख चण्डिप्रसाद कोइ्रालाले उद्घाट्न गरेका हुन्। त्यसैगरी इलामस्थित मालपोत कार्यालय परिसरमा आज बुधबार इलाम मालपोत कार्यालय प्रमुख केशव कुमार ढकाल र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख डिकेन्द्र बहादुर थापाज्यूले संयुक्त रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर उद्घाटन गरेको बैंकले जनाएको छ।

झापा तथा इलाम जिल्लास्थित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजस्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्नेछन्। एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुलाई राजस्व जम्मा गर्न सहज हुनुका साथै दुवै मालपोत कार्यालयहरुको आर्थिक कारोबार बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको छ।

प्रभु बैंकका दुवै एक्स्टेन्सन काउण्टरहरुबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरु प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने तथा दुवै मालपोत कार्यालयको राजश्व संकलन प्रक्रियामा सहजता आई राजस्व संकलनमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ।

प्रभु बैंकले १ सय ९३ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटीएम तथा २६ वटा एक्स्टेन्सन काउण्टरहरुबाट सेवा दिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .