सिभिल बैंकको सीईओ (प्रमुख कार्यकारी अधिकृत) पदमा सुनिलकुमार पोखरेल नियुक्त भएका छन।
बिहीबार साँझ बसेको सञ्चालक समतिको बैठकले पोखरेललाई ४ वर्षका लागि सिभिल बैंकको सीईओ पदमा नियुक्ति दिएको हो।
तर पोखरेलको कार्यकाल असार १८ गते मात्रै सुरु हुनेछ।
यसअघिका सीईओ गोविन्द गुरुङले २ महिनाअघि राजीनामा दिएपछि यो खाली थियो।
त्यसलगत्तै पोखरेललाई निमित्त सीईओको जिम्मेवारी दिइएको थियो। त्यसअघि उनी डेपुटी सीईओ थिए।
पोखरेलसँग २० वर्ष तत्कालीन ग्रिन्डलेज (हाल स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा काम गरेको अनुभव छ। यसपछि एनआईसी एसिया बैंक, नबिल बैंकमा पनि उनले उच्च पदमा रहेर काम गरेका छन्।
साथै म्यानमारको बैंकमा समेत काम गरेको अनुभव पोखरेलसँग छ।
प्रतिक्रिया