नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाइन्सको उडानमा प्रतिबन्ध लगाएको छ। प्राधिकरणले निजी सेवा प्रदायक कम्पनीका सबै विमान ‘ग्राउन्डेड’ गरिएको बताएको हो।
स्वीकृतिविनै पार्टपुर्जा जहाजमा प्रयोग गरेको जनाउँदै प्राधिकरणले जहाज ‘ग्राउन्डेड’ गराएको जनाएको छ।
उडानमा रोक लागेपछि सिम्रिकका काठमाडौंबाट भरतपुर, पोखरा र भैरहवा उडान गरिरहेका पाँचवटा जहाज ‘ग्राउन्डेड’ भएका छन्।
प्रतिक्रिया