कारोबार


नोकिया सी२० बजारमा, मूल्य १० हजार ९९९ रुपैयाँ

नोकिया सी२० बजारमा, मूल्य १० हजार ९९९ रुपैयाँ

नेपालखबर
जेठ २०, २०७८ बिहिबार १२:११,

एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले नवीनतम सी–सिरिज स्मार्टफोन, नोकिया सी २० को लन्च गरेको छ।

कम्पनीले नर्डिक डिजाइन र बिल्ड–क्वालिटीबाट निर्मित, अल–डे ब्याट्री लाइफ भएको एन्ड्रोइड११ टीएम (गो एडिसन) र सुरक्षा अपडेट–सबै ११ हजार रुपैयाँ मूल्यअन्तर्गत–नोकिया सी २० ले तपाईँलाई त्यो सबै प्रदान गर्दछ।

प्रस्तुत गर्न सकिने तीन वटा छुट्टै स्मार्टफोन सिरिज मध्य एकको प्रतिनिधित्व गर्दै (एक्स–सिरिज, जी–सिरिज र सी–सिरिज) रहेको नोकिया सी २० ले स्मार्टफोन टेक्नोलोजीलाई अझ बढी सुलभ बनाउँछ।

यसको अल्ट्रा–हाई भ्यालु प्राइस प्वाइन्ट र स्टान्डर्डको रुपमा दुई वर्षको फ्रि सेक्युरिटी अप्डेटले उपभोक्तालाई पिस अफ माइन्ड प्रदान गर्दछ।

प्यान एसिया एचएमडी ग्लोबलका महाप्रबन्धक रवि कुँवरले नोकिया फोनको सबै उपकरणहरुलाई एचएमडी ग्लोबलको सन्देश– लभ इट, ट्रस्ट इट र किप इटले दर्शाउने उल्लेख गर्दै ग्राहकले मन पराउने बताए।

‘हामी उपकरणहरुको साथ अद्वितीय स्मार्टफोनको एक्सपेरियन्सहरु प्रदान गर्दछौँ जसले राम्रो ब्याट्री लाइफ, छिटो प्रदर्शन र एक्सेप्सनल डिजाइन फिलोसोफी प्रदान गर्दछ जसको कारण प्रशंसकहरु नोकिया फोनहरु प्रति अझै बढी आकर्षित हुन्छन्’, उनले भने, ‘हाम्रो फोनहरु तीन वर्षको सुरक्षा अपडेटसँग कन्सिस्टेन्ट छन् जसले डाटा ब्रिचेजबाट प्रयोगकर्ताहरुलाई मानसिक शान्ति प्रदान गर्दछ।’

एचएमडी ग्लोबलले हार्डवेयरको मार्फत मात्र नभई सफ्टवेयरमार्फत पनि र २ वर्षको अपरेटिङ सिस्टम अपग्रेड्सका साथ फोनलाई अप–टु–डेट र फ्रेस एज न्यू बनाएर यसलाई सस्टेनेबल र ड्युरेबल बनाई लाइफ एक्सपेक्टेन्सी बढाउने कायम गरेको उनको भनाइ छ।

उनले थपे, ‘जति लामो समय हामी हाम्रो फोनमा खर्च गर्छौँ त्यति नै यसले फोहोर व्यवस्थापनमा कमी ल्याएर नेपालको वातावरणमा राम्रो प्रभाव पार्नेछ।’

यस्ता छन् विशेषता
यो फोनमा ५ एमपीको फ्रन्ट र रियर क्यामेरा, अगाडि र पछाडिको एलईडी फ्ल्यास, ६.५ इन्चको एचडी+ स्व्रिmन, ३००० एमएएच ब्याट्री, ४ जी, अक्टा–कोर प्रोसेसर र लेटेस्ट अपरेटिङ सिस्टमजस्ता आधुनिक फिचरहरु रहेका छन्। यसमा एन्ड्रोइड ११ (गो एडिसन) सिस्टम रहेको छ।

यसले एप्लिकेसनहरु खोल्नको लागि, फोटो र भिडियोहरु खोज्न र सेयर गर्नको लागि छिटो र सजिलो बनाउँछ।

दुई वर्षका लागि सुरक्षा अपडेट र थप गरिएको सेक्युरिटी फिचर्सहरुको साथ फोन सुरक्षित रहने कम्पनीको दाबी छ। नर्डिक डिजाइनबाट अपेक्षा गरेजस्तो सी २० पातलो देखिदैँन। यो गुणस्तरीय सामग्रीबाट निर्मित छ।

स्यान्ड र डार्क ब्लु रंगमा नोकिया सी २–३२ जीबीको कन्फिगुरेसनमा नेपाली १० हजार ९९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad