नेपालमा कोरोनाको महामारी तीव्ररुपमा फैलिँदै गएपछि विभिन्न देशले नेपाल उडानमा प्रतिबन्ध लगाएका छन्।
पछिल्लो समय कुवेतले नेपालबाट हुने उडानमा प्रतिबन्ध लगाएको हो।
यद्यपि नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा वैशाख ३१ सम्म प्रतिबन्ध लगाएको छ। कोरोनाको महामारी फैलिँदै गएकाले प्रतिबन्ध अझै थप हुने देखिएको छ।
कुवेतले अर्को सूचना जारी नभएसम्मका लागि नेपालबाट हुने कुवेत उडानमा प्रतिबन्ध लगाएको जनाएको छ।
कुवेतको उड्डयन प्राधिकरणले नेपालसहित पाकिस्तान, बंगलादेश र श्रीलंकाबाट हुने हवाइ उडानमा समेत प्रतिबन्ध लगाएको जनाएको छ।
चार देशका नागरिकले कुवेतमा प्रवेश गर्न चाहे तेस्रो मुलुकमा १४ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ ।
यसअघि, हङकङ, थाइल्याण्ड र यूएईले पनि नेपालबाट हुने उडानमा प्रतिबन्ध लगाइसकेका छन्।
हङकङले १ मेबाटै लागू हुने गरी काठमाडौं विमानस्थलबाट हुने उडानमा रोक लगाएको हो।
हङकङले यसअघि भारत, पाकिस्तान र फिलिपिन्सबाट आउने जहाजहरुको उडान समेत रोकिसकेको छ।
अमेरिका, बेलायतलगायतका देशमा नेपालमा यात्रा नगर्न आफ्ना नागरिकलाई सुझाव दिएका छन्।

प्रतिक्रिया