सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले राजीनामा गरेका छन्।
आफ्नो कार्यकाल सकिन ३ महिना बाँकी हुँदै उनले पदबाट राजीनामा दिएका हुन्।
उनी सिभिल बैंकको ४ वर्षे कार्यकालको लागि २०७४ साउन १ गते सीईओ नियुक्त भएका थिए।
त्यसअघि उनी सिभिलको नायब प्रमुख कार्यकारी थिए। उनलाई बढुवा गर्दै सीईओको नियुक्ति दिइएको थियो।
उनले हिमालयन बैंकबाट गुरुङ ग्लोबल आइएमई बैंक र मेगा बैंकमा काम गरेको अनुभव छ ।

प्रतिक्रिया