कारोबार


कुमारी क्यापिटलको अनलाइन डिम्याट खाता तथा लगानी मेला

कुमारी क्यापिटलको अनलाइन डिम्याट खाता तथा लगानी मेला

नेपालखबर
बैशाख १, २०७८ बुधबार ९:५८,

कुमारी क्यापिटल लिमिटेडले नव वर्ष २०७८ को अवसरमा लगानी मेला तथा अनलाइनबाट नै हितग्राही खाता खोल्न सकिने सेवा सञ्चालनमा ल्याएको छ।

जसबाट नयाँ तथा पुरानो लगानीकर्तालार्ई धितोपत्रमा लगानीको योजना धितोपत्रमा पोर्टफोलियोको सन्तुलन तथा पुनः संरचना, सम्पत्ती ब्यवस्थापन सम्बन्धी परामर्श र बजारीकरण रणनीति सम्बन्धी निशुल्क सेवा सञ्चालनमा ल्याएकोे छ। साथै अनलाइन मार्फत हितग्राही खाता खोल्दा खल्ती वालेट प्रयोग गरि ५ प्रतिशत क्यास ब्याक पाउन सकिने छ।

लगानी मेलाबाट यस संस्थाले सर्वसाधारण तथा संस्थालाई लगानीको उचित पहिचान गरीे परामर्श सेवा प्रदान गर्नेछ।

लगानीकर्ताहरुले यस संस्थाको लगानी विशेषज्ञहरुद्वारा परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनिकरण गरी लगानीको योजना बनाई धेरै भन्दा धेरै लाभ लिन सक्ने छन्। त्यसैैले यस मौकालाई अधिकतम प्रयोग गरी आफ्नो उच्चतम लाभ लिने पथमा लम्कने अवसरको रुपमा लिन सकिनेछ।

साथै, अनलाइन मार्फत हितग्राही खाता खोल्नका लागि यस क्यापिटलको वेबसाइट मा गई अनलाइन मा क्लिक गरि अनलाइनमा गई सम्पूर्ण आवश्यक विवरण प्रबिष्ट गरि हितग्राही खाताको लागि एक पटक नजिकैको कुमारी बैंक लिमिटेडको शाखा कार्यालय वा कुमारी क्यापिटल लिमिटेडमा आफ्नो सक्कल नागरिकता, नाबालकको हकमा सक्कल जन्म दर्ता तथा संरक्षकको सक्कल नागरिकता लिई समयमै सरल र छिटो तरिकाले आफ्नो हितग्राही खाता खोल्न सकिने छ।

यस लगानी मेलामा परामर्श सेवा बैशाख महिना भरि निशुल्क गरिएको छ। साथै, यस मेला मार्फत कुमारी क्यापिटल लिमिटेडको लगानी ब्यवस्थापन सेवामा आवद्ध हुने सम्पूर्ण लगानीकर्तालाई वार्षिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने छ।

सार्वजनिक बिदाको दिन र शुक्रबार बाहेक प्रत्येक दिन कार्यालय समयमा यो मेला सञ्चालन हुनेछ। यस लगानी मेलामा भर्चुअल माध्यम बाट पनि आवद्ध भई लाभ लिन सकिने छ। यो सेवा प्राप्त गर्नका लागि कुमारी क्यापिटल लिमिटेड नागपोखरी नक्साल स्थित कार्यालयमा सम्पर्क गरि अथवा निम्न फोनमा सम्पर्क तथा इमेल ठेगानामा इमेल गरि सहभागी हुन सकिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad