एन आई सी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषणबाट सम्मानित भएका छन्।
शुक्रबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त विभूषण प्रदान गरिएको हो।
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६-०५-३१ को निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकोमा आज सो कार्यक्रम आयोजना गरिएको थियो।
सोही विशेष समारोहका बीच राष्ट्रपतिले बैंकका सहायक महाप्रबन्धक रन्जन खड्कालाई ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गरिन्।

प्रतिक्रिया