कारोबार


उद्योगी व्यवसायीका समस्या सुन्न र समाधान गर्न सरकार सधैँ तत्पर : अर्थमन्त्री पौडेल

उद्योगी व्यवसायीका समस्या सुन्न र समाधान गर्न सरकार सधैँ तत्पर : अर्थमन्त्री पौडेल

नेपालखबर
चैत २७, २०७७ शुक्रबार १४:३६,

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मनोबल माथि नउठाइकन र आतमविश्वासयुक्त वातावरण निर्माण नगरेसम्म समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा हुन नसक्ने बताएका छन्।

निर्यात व्यवसायी महासंघ नेपालको शुक्रबार आयोजित प्रथम साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको मनोबल उठाउनको लागि सबै हिसाबले प्रतिवद्ध रहेको बताए।

उद्योगी व्यवसायीका समस्या सुन्न, समाधान गर्नका लागि सरकार छलफल गर्न र कार्यान्वयन गर्न तत्पर रहेको पनि बताए। कोभिड महामारीको बीचमा पनि निजी क्षेत्रलाई ढाडस दिने उद्देश्यले सरकारले विभिन्न किसिमका पयत्न गरेको बताए। ति सबै चिजहरु क्रमिक रुपमा कार्यान्वयमा आएको पनि उनले बताए।

कोभिडबाट प्रभावित अर्थतन्त्रलाई पुनरउत्थान गर्न निजी क्षेत्रलाई गतिशील ढंगगले आधार निर्माण गर्नका लागि नीति तथा कार्यक्रम र योजना तयार गर्ने विषयमा केन्द्रित भएर छलफल गरिरहेको पनि उनले बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यस पटकको बजेट र मौद्रिक नीतिमा पनि कोभिडको कारणले थला परेको अर्थतन्त्रको पुनरउत्थानका लागि कार्यक्रमहरु आउने विश्वास व्यक्त गरे।

आयातको तुलनामा निर्यात कम भएको तर आयातलाई रोक्न नहुने पनि वरिष्ठ उपाध्यक्ष ढकालले बताए। उत्पादन बढाउँदा आयात आफै निरुत्साहित हुने उनको भनाइ छ। नितिगत रुपमै व्यापारलाई भन्दा उद्योग प्रतिष्ठानलाई जोड दिन पनि माग गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad