कारोबार


अब ५० देशबाट सिधै इसेवा खातामा पैसा पठाउन सकिने

अब ५० देशबाट सिधै इसेवा खातामा पैसा पठाउन सकिने

नेपालखबर
चैत २६, २०७७ बिहिबार ११:२०,

डिजिटल माध्यमबाट अन्तरदेशीय रेमिट्यान्स कारोबार गर्ने विश्वकै अग्रणी कम्पनी वर्ल्ड रेमिट र पछिल्ला दिनमा नेपालमा व्यापक रुपले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्सफरबीच अन्तरदेशीय रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।

सम्झौतासँगै विश्वभर रहेका वर्ल्ड रेमिटका ग्राहकले आफ्ना परिवार, आफन्तजन तथा साथीभाइलाई रियल टाइममै इसेवा वालेटमा रेमिट्यान्स पठाउन सक्नेछन्।

वर्ल्ड रेमिट अन्तरदेशीय डिजिटल रेमिट्यान्स कारोबार गर्ने संस्था हो।

सम्झौतापछि वर्ल्ड रेमिटका साउथ एशिया कन्ट्री निर्देशक रूजान अहम्मदले भने, ‘नेपालले आफ्ना जनताका लागि तीब्र रुपमा डिजिटल रुपमा सेवा उपलब्ध गराइरहेको छ भने नेपाली जनताले पनि परिवर्तनलाई आत्मसाथ गरेको देखिरहेका छौँ। वर्ल्ड रेमिट यी घटनाक्रमलाई निरन्तरता दिन प्रतिबद्ध छ र त्यसका लागी हामीले इसेवा मनि ट्रान्सफरसँग सहकार्य गर्न पाउँदा अझै गौरवान्वित भएका छौँ।’

इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले भने, ‘डिजिटल अन्तरदेशीय भुक्तानी सेवामा विश्वकै अग्रणी कम्पनी वर्ल्ड रेमिटसँग साझेदारी गर्न पाउँदा हामी धेरै नै उत्साहित छौँ। यस साझेदारीले कम शुल्कमा रेमिट्यान्स भित्राउने हाम्रो अभियानमा अर्को एउटा थप आयाम हुने छ।’

यसै गरी वल्र्ड रेमिटमार्फत नयाँ ग्राहक बनेर प्रमोकोड प्रयोग गरी पहिलो पटक इसेवा खातामा रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने भएको छ। डिजिटल रेमिट्यान्स प्रवर्दन गर्ने उद्देश्यले वर्ल्ड रेमिट र इसेवा मनि ट्रान्सफरले निशुल्क रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाएको हो। यो योजना जुन ३०,२०२१ सम्म लागू हुनेछ।

बिगत १० वर्षमा वर्ल्ड रेमिटले लाखौँ ग्राहकका लागि एक विश्वसनीय, सुरक्षित र भरपर्दो विश्वव्यापी डिजिटल भुक्तानीको उत्कृष्ट प्लेटफर्मको निर्माण गरेको छ। वर्ल्ड रेमिट विभिन्न किसिमका भुक्तानीका विकल्पहरू प्रदान गर्दै अन्तर्राष्ट्रिय रेमिट्यान्समा रहेको उच्च लागत घटाउनका लागि पनि विभिन्न कार्य गर्दै आएको छ।

अफलाइन मार्फत भइरहेको कारोबारलाई अनलाइनमा लगेर अन्तरदेशीय कारोबार गरी सुरक्षित, छिटो र कम लागतमा सेवा प्रदान गर्दै आइरहेको छ। हाल वर्ल्ड रेमिटले १ सय ५० वटा भन्दा बढी देशहरुमा आफ्नो सेवा दिँदै आइरहेको छ भने विश्वभर रहेका ६ हजार ५ सय भन्दा बढी रेमिट्यान्स कम्पनीसँग सहकार्य गरेको छ। कम्पनीले ११ सय भन्दा बढिलाई रोजगारी दिएको छ।

रेमिट्यान्स पठाउने सवालमा वर्ल्ड रेमिट शत प्रतिशत डिजिटल (नगदरहित) रहेको छ भने पैसा प्राप्त गर्नेहरुले आफ्नो बैंक खातामा, मोबाइल एयरटाइम टपअप, मोबाइल मनि तथा नगद संकलन गरेर समेत प्राप्त गर्न सक्नेछन्।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा रेमिट्यान्स रकम भित्राउँदै आइरहेको छ। इसेवा मनि ट्रान्सफरले आफ्नो सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि रेमिट्यान्स भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad