कारोबार


महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

नेपालखबर
चैत २५, २०७७ बुधबार १४:४७,

महालक्ष्मी विकास बैंक लिमिटेडले बीमा वापत ६ लाख सात हजार पाँच सय रुपैयाँ हस्तान्तरण गरेको छ।

बैंक तथा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबीचको सहकार्यमा महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय पालुङबाट विपन्नवर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमा बापतको सो रकम हकवालालाई हस्तान्तरण गरिएको हो।

थाहा नगरपालिका वार्ड नं. १० का स्व. बिष्णु मगर र थाहा न. पा, वार्ड नं. १ निवासी स्व. देगु माया बलामीको मृत्यु हकदावी बीमा बापतको रकम बराबरको चेक क्रमशः रु. ५ लाख २५ हजार (हकवाला कल्पना घर्ती) र रु. ८२ हजार पाँच सय (हकवाला रविन बलामीलाई) बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारी र नायव प्रबन्धक जोनश शर्माले मृतकको निवासमा गई हस्तान्तरण गरे।

कार्यक्रममा शाखा प्रबन्धक संगिता बज्राचार्यले कृषि तथा विपन्नवर्ग कर्जा अन्तगर्त लघु अमृत म्यादी बीमा योजना के हो र किन हो भन्ने कुरामा प्रष्ट पारेकी थिइन्।

त्यसैगरि बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी तथा नायव प्रबन्धक जोनश शर्माले स्थानीय कृषकहरुले सहुयित कर्जा तथा कृषि कर्जाका विषयमा उठाएका जिज्ञासाहरुलाई निराकरण पार्नुका साथै सहुलियत कर्जा आवश्यक ग्राहकहरुको हातमा पुर्याए मात्र गाँउको विकास हुने कुरा प्रष्ट पारेका थिए।

कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि, पत्रकार तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .