ad ad

कारोबार


हेटौंडामा सीजीका आरजीबी प्यानल लाइट सार्वजनिक गर्दै सम्मेलन

हेटौंडामा सीजीका आरजीबी प्यानल लाइट सार्वजनिक गर्दै सम्मेलन

नेपालखबर
चैत २२, २०७७ आइतबार १२:३२,

विगत ४ दशकदेखि घरायसी सामग्रीको लागि नेपाली बजारमा आफ्नो प्रभुत्व र ठूलो बजार हिस्सा ओगट्न सफल चौधरी ग्रुपले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय ब्राण्डको बिक्रीवितरण गर्दै आइरहेको छ।

ग्रुपले यही आयामलाई निरन्तरता दिँदै ईओएल प्रालिद्वारा वितरित सीजी इलेक्ट्रिकका सामानहरु (एलईडी बल्ब, स्विच, सकेट, एम सि बी, पनेल लाइट, सबमिटर, मोडुलर÷सेमी मोडुलर स्विच, स्ट्रिट लाइट आदि) साथै केन्ट ब्रान्डको पंखा, नेक्स मोडुलर स्विच तथा हिटरहरु बिक्रीवितरण गर्दै आएको छ।

कम्पनीले यस विधामा, सीजीका आरजीबी प्यानल लाइट पनि थपेको छ।

यसको लागि हेटाैंडामा यही चैत २० गते सार्वजनिक गर्दै डिलरको सम्मेलन आयोजना गरेको कम्पनीले जनाएको छ।

ब्राण्डको लागि मकवानपुरका लागि आधिकारिक बिक्रेता स्वस्तिक सप्लायर्स रहेको छ।

कार्यक्रममा ब्राण्डका विक्री प्रमुख मदन खनाल, प्रभाकर झा, जयन्त श्रीवास्तवलगायतको उपस्थिती रहेको थियो। सीजीका आरजीबी प्यानल लाइट लामो समय टिक्ने, ऊर्जाको बचत, उत्कृष्ट रंग रेन्डरिंग, २४ महिनाको वारेन्टी रहेको कम्पनीले जनाएको छ।
चौधरी ग्रुपअन्तर्गत ईओएल प्रालिले सीजी इलेक्ट्रिक ब्राण्डको नेपालमा बिक्रीवितरण मार्केटिङ, ब्राण्डिङ गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .