रुरु जलविद्युत परियोजना लिमिटेडले आजदेखि आईपीओ खोलेको छ। प्रिमियम मूल्य १ सय अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर १ सय २० रुपैयाँमा आईपीओ निष्कासन गरेको हो।
कम्पनीले १ सय २० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन गरेको जानकारी दिएको छ।
यसमध्ये ८ हजार १ सय ५४ कर्मचारी र २० हजार ३ सय ८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ। बाँकी ३ लाख ७९ हजार १ सय ६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने भएका छन्।
यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ। लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्ने छन्।
कम्पनीले गुल्मीको माथिल्लो हुग्दी खोलामा ५ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ।

प्रतिक्रिया